बावियाचौरमा बजार अनुगमन

जगत बानियाँ/विकल्प न्युज 
बावियाचौर , असार २ गते । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर बजारमा सोमबार संयुक्त बजार अनुमगन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा प्रहरी, बिषयगत कार्यालय र संस्थाका प्रतिनिधिहरुको समेत सहभागितामा बावियाचौर बजारका विभिन्न ३० वटा पसलहरुको अनुमगन गरिएको थियो । अनुगमनको क्रममा म्याद नाघेका चाउचाउ, मिठाई, बेसार, भुजिया, पेय पदार्थ लगायतका सामाग्रीहरु भेटिएका थिए ।


अनुगमन टोलीले अनुगमनको क्रममा पसल सञ्चालन गरेका व्यक्तिहरुले व्यवसाय दर्ताको अबस्थाको समेत अनुगमन गरेको थियो । पसल दर्ता नगरेका व्यवसायिहरुलाई तत्काल दर्ता गरेर राज्यको सिमा र परिधि भित्र रहेर व्यवसाय गर्न निर्देशन दिईएको छ । अनुगमनको क्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको समेत विशेष उपस्थिति रहेको थियो ।