डाँडागाउँमा व्यावसायीक कुुखुरा पालन तालिम

प्रतिक्षा बुढाथोकी/ विकल्प न्युज
डाडाँगाउँ, असार १ गते ।
म्याग्दीको मािलका गाउँपालिका– ३ डाँडा गाउँमा व्यावसायीक कुखुरा पालन तालिम समापन भएको छ । संगम म्याग्दीको आयोजना र गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम समापन भएको हो ।


जेठ ३० देखि ३२ गते सम्म तीन दिन संचालन भएको तालिममा पशु सेवा शाखा प्रमुख खगेन्द बिश्वकर्मा,ध्रुब चोखाल, अर्जुन चोखाल र असुन चोखालले प्रशिक्षण दिनुभएको थियो ।तालिममा २१ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए ।कार्यक्रममा वडा सदस्य ओम देबी खत्रीले व्यावसायीक उद्यमी स्थापना गर्नका लागि तालिम संचालन गरिएको बताउनुभयो ।

महिला सञ्जालकी अध्यक्ष नबिना घर्तीको अध्यक्षता र प्रशिक्षार्थी शान्ती शेरचनको स्वागतमा कार्यक्रम समापन भएको थियो । साथै कार्यक्रममा २१ जना प्रशिक्षार्थीहरुलाई प्रति व्यक्ती १० का दरले दुई सय १० वटा गिरीराज जातको कुखुराको चल्ला वितरण गरिएको छ ।