लागुऔषध सहित ६ जना पक्राउ

विकल्प न्युज

म्याग्दी ,असार ०१ गते ।

म्याग्दीमा लागु औषध सहित ६ जना युवा युवती पक्राउ परेका छन् । शनिबार सांझ सात ३० बजेको समयमा सदरमुकाम बेनी बजारबाट उनिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । शनिबार साँझ पक्राउ परेका ६ जनालाई प्रहरीले आइतबार मात्र सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बेनी नगरपालिका वडा नं.८ न्यूरोड २२ बर्षिय रेजिना श्रेष्ठ ,बेनी नगरपालिका वडा नं.८ २८ बर्षिय बिजय बानियाँ, बेनी नगरपालिका वडा नं.९ गलेश्वरका २१ बर्षिय राज कुमार शेरपुञ्जा, मंगला गाउँपालिका.वडा नं.३ बरंजाका २२ बर्षिय सिता के.सी., रघुगंगा गाउँपालिका वडा नं.१ बेगका २१ बार्षिय निखिल फगामी , रघुगंगा गाउँपालिका वडा नं.६ घर भई हाल.बेनी नगरपालिका.वडा नं.७ मंगलघाट बस्दै आउनुभएका २० बर्षिय प्रविण छन्त्याललाई सांझ गस्तीमा निस्कीएको प्रहरीको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

शंकास्पद रुपमा पैदल मार्फत हिडिरहेको अवस्थामा उनिहरुमाथि जाँच गर्ने क्रममा उनिहरुको साथबाट लागुऔषध ८६ सेट(डाईजापाम,फेनेरागन र नुर्फिन) समेत फेला परेको जिप्रका म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका विरुद्ध आईतवार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।