मंगलाको बाबियाचौरमा ढल निर्माण

विकल्प न्युज
बेनी, असार १ गते ।
पश्चिम म्याग्दीको मुख्य बजारहरु मध्ये मंगला गाउँपालिका–२ बाबियाचौर बजारमा ढल निर्माण भएको छ । व्यवस्थित ढल निकासका लागि स्थानीय उपभोत्ता समिति मार्फत आयोजना निर्माण गरिएको हो ।

वडाको सिफारिसमा गाउँपालिकाको २० लाख रुपैयाँ ,प्रदेश सरकारको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मार्फत २३ लाख रुपैयाँ र स्थानीय बजार बासीको १६ प्रतिशत जनश्रमदानमा आयोजना निर्माण गरिएको आयोजना उपभोत्ता समितिका सचिव प्रेमलाल पाण्डेले जानकारी दिए ।

उनका अनुसार तीन सय २६ मिटर आयोजना निर्माण गरिएको छ । चैत महिना देखी सुरु भएको आयोजना निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ ।

बाबियाचौर बजारबाट निस्कने फोहोर मैला व्यवस्थापनको लागी ढल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष विरेन्द्र खड्काले जानकारी जानकारी दिए । व्यवस्थित ढल निकास नहुँदा बजारमा घरबाट निस्कने फोहोरमैलाले दुर्गन्ध फलिएको अध्यक्ष खड्काको भनाई छ ।

गाउापालिकाको केन्द्र समेत रहेको बाबियाचौरमा जनसंख्या बृद्धि संगै व्यवस्थित ढल निकास नहुँदा सरसफाईमा चुनौती थपिएको वडा अध्यक्ष धन बहादुर खातिले बताए । व्यवस्थित ढल निर्माण संगै बजार सफाईमा सहज हुने उनले विश्वास व्यक्त गरे । नवविकल्प साप्ताहिक पत्रिकामा प्रकाशित