दरबाङमा सम्पन्न ब्याडमिन्टन टुर्नामेन्टको उपाधी तुलाचन र अधिकारीलाई

विकल्प न्युज
बेनी,असार १ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा ब्याडमिन्टन टुर्नामेन्ट समापन भएको छ । श्री ब्याडमिन्टन समिति दरबाङको आयोजनामा जेठ ३१ र ३२ गरी दुई दिने प्रतियोगिता सम्पन्न भएको हो ।

                                                             तस्बीर : नगेन्द्र मल्ल

प्रतियोगितामा पुरुष डबलतर्फ मंगला गाउँपालिका –२ का दिपु तुलाचन र नविन अधिकारी जोडी प्रथम भएको छ । २४ टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक समितिका सचिव लोकेश तिलिजा र कोषाध्यक्ष पदम पुर्जाको टिम दित्तीय भएको आयोजक समितिका सचिव लोकेश तिलिजाले जानकारी दिनुभयो ।

                                                                                   तस्बीर : नगेन्द्र मल्ल

उहाँका अनसार विजेता टिमले १० हजार रुपैयाँ ,मेडल प्रमाणपत्र तथा ५ हजार मेडल र प्रमाणत्र हात पारेका छन् । यसैगरी प्रतियोगितामा रेक बहादुर पुन उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ,भने एउता हात मात्र भएका मंगला गाउँपालिका २ बाबियाचौरका चक्र नेपालीलाई राम्रो खेल प्रदर्शन गरेको भन्दै आयोजकले सम्मान गरेको छ ।

विजेता र उपविजेता टिमलाई मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण गर्नुहुँदै अध्यक्ष खेलले लुकेर रहेको प्रतिभालाई उजागर गर्नुका साथै भावनात्मक रुपमा एक आपसमा भाईचाराको सम्बन्ध स्थापित गर्ने बताउनुभयो । खेलको विकासका लागि गाउँपालिकाले सहयोग गर्ने उहाँको भनाई छ ।खेल मार्फत एक आपसमा भाइचाराको सम्बन्ध जोड्ने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको अध्यक्ष अध्यक्ष राजेन्द्र जुग्जालीले बताउनुभयो ।