ताजा समाचार:
Search

फौजदारी संहिताबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनिल पौडेल
जेठ ३२ गते । युवा सञ्जालका सदस्यहरुलाई लैङ्गिक हिंसामा आधारित फौजदारी संहिताबारे अभिमुखिकरण कार्यक्रम बेनीमा सम्पन्न भएको छ ।

बालिका पैरवी सञ्जाल परियोजना अन्र्तगत प्लान इन्टरनेस्नलको सहयोग र सिविन नेपालको आयोजनामा २ दिनसम्म सम्पन्न भएको उक्र कार्यक्रमको पहिलो दिनमा बोल्दै जिल्ला यूवा समितिका अध्यक्ष डि।पी शर्माले जवसम्म हामी आफँु आत्मनिर्भर हुन सक्दैनौ तबसम्म समृद्दि प्राप्त गर्न नसक्ने बताउनु भयो । पहिलो दिन दिनमा र दोस्रो दिन बिहानमा सम्पन्न भएको उक्र कार्यक्रमको सहजिकरण मुक्ति ढुगांनाले गर्नुभएको थियो ।

३२ जना सहभागी रहेको उक्र कार्यक्रममा मुलुकी अपराध संहिता र फौजदारी कसुरको बारेमा छलफल गरिएको उक्र कार्यक्रममा उपस्थितलाइृ ४ भागमा बिभाजन गरि संचालन गरिएको थियो ।

कार्यक्रममा बोल्दै सिविन म्याग्दीका कार्यकारी अधिकृत बसन्त ढुगांनाले कुनैपनि यूवामा कुनैपनि काम गर्ने इच्छासक् ित भएमा उसले जून ्र जस्तोसुकै काम गर्न पनि सक्ने बताउदै आफुले आफ्नो क्षेत्रबाट जुनसुकै सहयोग गर्नपनि आफु तयार रहेको बताउनु भयो ।

युवा सञ्जाल म्याग्दीका सचिव तथा सिविनका सहजकर्ता छवी आचार्य र सिविनका सहजकर्ता रन्जना श्रेष्ठले संचालन गरेको उक्र कार्यक्रममा संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल ,थमप्रसाद आचार्यले मन्तव्य व्यक्त गर्नूभएको थियो ।