सरोकारवालाद्धारा मानव बेचविखन तथा बाल यौन शोषण न्युनिकरणमा जोड

विकल्प न्युज
बेनी , जेठ २९ गते ।
समाजमा पछिल्लो समय बाल हिंसा बाल यौन शोषण बलात्कर ,र मानव बेचविखन जस्ता जघन्य अपराधका घटना बढेको प्रति बेनिका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शक्ती समुह पोखराको आयोजनामा बुधबार सदरमुकाम बेनीमा भएको मानव बेचविखन तथा बाल यौन शोषण विरुद्ध सरकारी तथा गैरसरकारी निकाय विचको समन्वय बैठकमा उपस्थीत सरोकारवालहरुले बाल महिला हिंसा यौन शोषण र मानव बेचविखन जस्ता अपराधलाई न्युनिकरण गर्नका लागि सचेतना मुलकक कार्यक्रम संचालन गर्नुपनेएमा जोड दिएका हुन ।

कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले महिला हिंसा र बलात्कारका घटनााहरु बढेकोमा चिन्ता व्यक्त गर्दै सबै पक्षको सहकार्यबाट नै यस्ता घटनाहरुलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमएनी परियोजनाका संयोजक निरज प्याकुरेलले शक्ती समुहले मानव बेचविखन तथा बाल यौन शोषणमा प्रभावितहरुलाई उद्धार गरी उनिहरुलाई समाजमा पुर्नस्थापना र उनिहरुलाई शिक्षा लगायत अन्य जिवन यापनको क्षेत्रमा सघाउँदै आइरहेको जानकारी दिनुभयो । उहाँले नेपालमा अशिक्षा ,बेरोजगारी र गरिबीका कारण मानव बेचविखन तथा बाल यौन शोषणका घटना बढ्ढै गएको बताउनुभयो । मानव बेचविखन तथा बाल यौन शोषणका विरुद्ध सरकारी तथा गैरसरकारी निकायविच समन्वय गरि एकजुट भई अगाडी बढ्नुपर्ने संयोजक प्याकुरेलको भनाई छ ।
गैसस महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता र शक्ती समुह पोखराकी संयोजक सरिता पौडेलको सहजिकरणमा कार्यक्रम समपान भएको थियो ।