ताजा समाचार:
Search

रघुगंगाको दुर्गम कुइनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई

धिरन खत्री/बेनी
म्याग्दी, २८ जेठ । भौगोलिक विकटता र सडकको पहुचँ नपुगेको बस्तीस्तरमा आधारभूत सरकारी सेवाहरु पु¥याउने उद्देश्यले रघुगंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापनालाई तिव्रता दिएको छ । त्यस्तै सोमबार गाउँपालिकाको दुर्गमबस्ती भनेर चिनिने वडानम्वर ८ को कुईनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको छ ।

कुईनेखानीमा बसोबास गर्ने ६० घरदुरीलाई लक्षित गरेर ५ लाख रुपैया लागतमा स्थापना गरिएको सामुदायिक स्वास्थ्य ईकाई भवनको उद्घाटन रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गरेका थिए ।

अध्यक्ष भण्डारीले दुर्गम बस्तीको जनताको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य र सडकको पहुच पु¥याउने योजना गाउँपालिकाको रहेको जानकारी गराउदै कुईनेखानी स्वास्थ्य इकाई स्थापना गरिएको बताए । उनले स्वास्थ्य ईकाईमा आवश्यक पर्ने महिला स्वास्थ्यकर्मी आगामी आर्थिक बर्षमा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए । भण्डारीले सडक पहुचँलाई छिटै कुइनेखानीमा ल्याउने जानकारी गराउदै गुणस्तरीय सडक लगायतको भौतिक पुर्वाधार निर्माणमा सबैको चासो हुनुपर्ने बताए । उनले स्वास्थ्य ईकाई हरेक वडामा स्थापना गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने बताए । उनले सरकारबाट पाउने तलवभत्ता शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने समेत जानकारी दिए ।

वडा अध्यक्ष गमान छन्त्यालले कुईनेखानीको सडक आवश्यकलाई गाउँपालिका, प्रदेश र संघसंग समन्वय गरेर छिटो सडक ल्याउने प्रतिवद्धता जनाएका थिए ।

त्यस्तै सो कार्यक्तममा गाउँपालिकाका स्वास्थ्य संयोजक टिका शाहीले दुर्गमा क्षेत्रका जनतालाई लक्षित गरिएर स्थापना गरिएको स्वास्थ्य ईकाईमा औषधी र स्वास्थ्य कर्मीको अभाव हुन नदिने प्रतिवद्धता जनाएका थिए ।
त्यस्तै कुईनेखानी टोलसुधार समितिका संयोजक विरबहादुर छन्याल, देउराली आमासुमहकी अध्यक्ष विषु छन्त्यालले स्वाथ्य ईकाईमा महिला स्वास्थ कर्मी उपलब्ध गराउन आग्रह गरेका थिए । सामुदायिक स्वास्थ्यचौकी इकाईका अध्यक्ष खबहादुर छन्त्यालले कुईनखानीबासीलाई सडकको पहुच नहुदाँ खाद्यान्न ढुवानी र गम्भिर विरामीलाई अस्पतालसम्म पु¥याउन गाह्रो भएको जानकारी गराउदै छिटो सडक पहुच विस्तार गर्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
वडा अध्यक्ष छन्त्यालको अध्यक्षता, स्वाथ्यस्वयमसेवीका धनकुमारी छन्त्यलको स्वागत मन्तव्य र मालिका आधारभूत विद्यालयकी शिक्षिका बविता छन्त्यालको संचालनमा भएको कार्यक्तममा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।