धवलागिरीका आमाहरुलाई कुखुराको चल्ला वितरण

विकल्प न्युज
बेनी , जेठ २७ गते । म्याग्दीको दुर्गम धवलागिरीकाका आमाहरुलाई कुखुराको चल्ला वितरण गरिएको छ । आमा र बच्चाको पोषणमा सहयोग पु¥याउने उद्धेश्य सहित सुनौलो हजार दिनका आमाहरु गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोग तथा मिलन म्याग्दी द्धारा सञ्चालित सुआहारा कार्यक्रमको सहजिकरणमा कुुखुराको चल्ला वितरण गरिएको हो ।

गाउँपालिकाको वडा नं २,४ र ५ मा आइतबार र सोमबार गरी दुई दिन सम्म .संचालन भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुन मगर र उपाध्यक्ष रेशम छन्त्यालले हजार दिनका आमाहरुलाई चल्ला वितरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं दुई लुलाङमा ९४ ,वडा नं ४ को खिबाङमा ५७ र वडा नं ५ मल्कबाङमा ७० जना हजार दिनका आमाहरुलाई चल्ला वितरण गरिएको  सुआहारा फिल्ड संयोजक रनबहादुर राना मगरले जानकारी दिनुभयो   । उहाँका अनुसार     प्रति आमा ४ वटा गिरीराज जातको चल्ला ,आठ केजीका दरले दाना र दाना  खुवाउने भाँडा वितरण गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पुन मगरले दुर्गम गाउँमा रहेका गर्भवती आमा र दुई बर्ष मुनिका बच्चा र आमाको पोषणमा सहयोग सहयोग पु¥याउने उद्धेश्य सहित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । हजार दिनका आमा र बच्चाको स्व्यास्थ्यलाई ध्यानमा राखी कार्यक्रम संचालन गरिएको बताउनुहुँदै अध्यक्ष पुन मगरले कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

वडा नं ६ का अध्यक्ष राजाराम उपाध्यको अध्यक्षता ,वडा सचिव वेदनाथ सुवेदीको संचालनमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा सुआहारा कार्यक्रमका संयोजक चिरन्जीवि दाहाल ,मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिवा पुन र सुआहारा कार्यक्रम फिल्ड संयोजक रनबहादुर सारु मगरले सहजिकरण गर्नुभएको थियो ।