खिवाङमा नेकपाको कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी
जेठ २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङ शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्नुहुदै नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद भुपेन्द्रबहादुर थापाले सरकारले सुखी नेपाल र सम्बृद्ध नेपालको नारा तथा चुनावी घोषणा पत्र अनुसारनै आगामी आर्थिक वर्षको बजेट ल्याएको जानकारी दिनुभयो ।

नेकपा नेतृत्वको सरकार गठन भएको पहिलो वर्ष आधार तयार पार्न र नीति नियम बनाउन केन्द्रीत भएको बताउँदै अब देखिने र जनताले अनुभुति गर्न काम गरेर देखाउने बताउनुभयो । विकासका लागि नेकपाको विकल्प नभएको र पार्टी एकतालाई बलिया बनाउनुपर्नेमा जोड दिनुभयो ।
वडा कमिटिका अध्यक्ष मेखबहादुर खड्काको अध्यक्षता, गाउँपालिका कमिटिका अध्यक्ष खड्ग गिरीको सञ्चालन र जसबहादुर तिलीजाको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सदस्य नारायण पुन, जुद्धबिर दर्जी, यामबहादुर खड्का, रामचन्द्र भण्डारी, कृष्णबहादुर गर्बुजा, ज्ञानबहादुर शेरपुञ्जा, टेकसर बुद्धुजा र भिम पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा घारको खिवाङ गाउँमा कृष्णबहादुर गर्बुजा अध्यक्ष, बिर्खबहादुर वुद्धुजा सचिव रहेको १९ सदस्यीय टोल र जसबहादुर तिलीजाको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार कमिटि गठन भएको छ ।

यसैगरी नेपाली काँग्रेसबाट प्रवेश गरेका र अन्य स्वतन्त्र व्यक्तिहरुलाई केन्द्रीय सदस्य तथा सांसद थापाले नेकपामा स्वागत गर्नुभएको थियो ।