ताजा समाचार:
Search

काँग्रेसको जागरण अभियान समापन

विकल्प न्यूज/बेनी
म्याग्दी, २५ जेठ । स्थानीय तहको चुनावमा मालिका गाउँपालिकाको स्वतन्त्र तर्फका उम्मेदवार हर्कमान जुग्जाली नेपाली काँग्रेसमा प्रवेश गनुभएको छ ।

मालिका गाउँपालिका–७ बिमका जुग्जाली एक कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष श्री प्रसाद रोकाले उनलाई काँग्रेसको सदस्यता प्रदान गर्नुभएको हो । उक्त कार्यक्रममा जग्जाली सहित नेकपा पार्टी परित्याग गरि २१ जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसको सदस्य लिदै जुग्जालीले आफु स्वतन्त्र भएर गएको स्थानीय चुनावमा उम्मेद्धारी दिएको भएपनि काँग्रेसले जती जनताको मर्म अरु कसैले नबुझने देखेर आफु काँग्रेसमा प्रवेश गरेका बताउनुभयो ।

त्यस्तै रघुगंगा गाउँपालिका–२ भगवतीका युवा व्यवासायी धन बहादुर खत्री पनि नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। श्निबार काँग्रेसको जागरण अभियानको समापन कार्यक्रमको खत्रीलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्मा र पार्टी सभापति खम्बीर गर्बुजाले सदस्यता दिनुभएको हो । कार्यक्रमको अबसरमा व्यवासायी तमन पुन, विनोद विक र नबिराज बिक पनि पार्टी प्रवेश गर्नुभएको छ ।