राप्रपाको दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा बेनीमा (भिडियो सहित)

विकल्प न्यूज/बेनी
जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दोस्रो चरणको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा म्यग्दीको सदरमुकाम बेनीमा आइपुगेको छ । विहिवार मुस्ताङको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथबाट सुरु भएको यात्रा शनिबार बेनी आइपुगेको हो । पार्टीका अध्यक्ष कमल थापाले यात्राको नेतृत्व गर्नुभएको छ । यात्रामा राप्रपाका केन्द्रिय सदस्यहरुको पनि सहभागिता रहेको छ ।

यात्राका क्रममा बेनीमा राप्रपाले बाजागाजा सहित ¥याली पनि निकालेको थियो । ¥याली पछि आयोजित कार्यक्रमलाई अध्यक्ष थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।