ताजा समाचार:
Search

गोरी दर्जीद्धारा बेनपाको आर्थिक विकास समितिको संयोजक अस्विकार

विकल्प न्यूज/बेनी
जेठ २४ गते । बेनी नगरपालिकाको कार्यापालिका सदस्य गोरी दर्जीले नगरकार्यापालिका अन्तर्गतको आर्थिक विकास समितिको संयोजक पदलाई अस्विकार गर्नुभएको छ । मेयर श्रेष्ठले ६ नम्बरका वडा अध्यक्ष कृष्ण बानियाँलाई हटाएर कार्यापालिका सदस्य दर्जीलाई ४ दिन अघि आर्थिक विकास समितिको संयोजकमा नियुक्त गर्नुभएको थियो ।

नगरसभा र कार्यापालिकाको छलफलबाट प्राप्त जिम्मेवारीलाई आफूले लिने तर स्वच्छाचारी ढङगले एकलौटी रुपमा विगतमा रहेका संयोजकलाई कार्यसम्पादनको उपयुक्त विश्लेषण र छलफल नगरी मनोगत रुपमा तोकिएको हुँदा उक्त पद अस्विकार गरेको भन्दै दर्जीले मेयर श्रेष्ठलाई पत्र लेख्नुभएको छ । मेयर श्रेष्ठले सामाजिक विकासमा समितिको संयोजकमा वडा नम्बर ४ का वडा अध्यक्ष गोविन्द पौडेललाई हटाएर कार्यापालिका सदस्य झलप्रसाद गौचनलाई नियुक्त गर्नुभएको छ । कार्यसम्पदान राम्रो नभएको भन्दै मेयर श्रेष्ठले दुवैजनालाई पदबाट हटाउनुभएको थियो ।