ताजा समाचार:
Search

गत वर्षमा पनि बेनपाका जनप्रतिनिधिलाई भत्ता नै भत्ता (विवरणसहित)

विकल्प न्यूज/बेनी

जेठ २० गते ।चालु आर्थिक वर्ष २०७५/०७६ मा जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा र भत्तामा ठूलो रकम विनियोजन गरेको बेनी नगरपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ मा पनि अश्वभाविक तवरले रकम विनियोजन गरी खर्च गरेको पाइएको हो । जनप्रतिनिधिको सेवा सुविधाका लागि गत वर्ष ठूलो रकम खर्च भएको छ ।

गत असार १० गतेको नगरसभा प्रस्तुत भई पारित गरिएको नीति,कार्यक्रम तथा बजेट कितावका अनुसार बेनी नगरका जनप्रतिनिधिहरुले विभिन्न शिर्षकमा बजेट विनियोजन गरी खर्च गरेको पाइएको हो ।
विवरण यस्तो छ
गत वर्ष पदाधिकारी पारिश्रमिक वापत ६० लाख,पोशाक ५ लाख,स्थानीय भत्ता १० लाख,मंहगी भत्ता १० लाख र कर्मचारी वैठक भत्ता ५ लाख रुपियाँ खर्च भएको छ ।

हेर्नुहोस्
गत वर्ष जनप्रतिनिधि र कर्मचारीलाई बाडिएको भत्ता र सुविधाको रकम र नगर सभाबाट पारित विवरण । आव २०७४/०७५ संसोधित खर्चमा हेर्नुहोस्   

नगरपालिकाले अन्य भत्ता भनेर २५ लाख रुपियाँ खर्च गरेको छ । पदाधिकारी वैठक भत्ता १० लाख,पदाधिकारी अन्य सुविधा ५ लाख,सञ्चार महशुल ४ लाख र इन्धन पदाधिकारी ५ लाख रुपियाँ खर्च भएको नीति,कार्यक्रम तथा बजेट किताबमा उल्लेख गरिएको छ ।

यसै गरी इन्धन कार्यालय प्रयोजन ७ लाख,सवारी साधन मर्मत १० लाख,मेशनरी सामान मर्मत ५ लाख,कार्यालय सञ्चालन खर्च २० लाख,इन्धन अन्य प्रयोजन २ लाख,कर्मचारी तालिम खर्च १० लाख,अनुगमन तथा मूल्याङ्कन ५ लाख,भ्रमण खर्च १५ लाख,विविध खर्च १५ लाख,सभा सञ्चालन खर्च १० लाख,घर भाडा १० लाख,अन्य भाडा ५ लाख र भैपरी आउने चालु खर्च ५ लाख गरी दुई करोड ५८ लाख रुपियाँ खर्चलाई गत असारमा सम्पन्न नगरसभाले पारित गरेको थियो ।
गत वर्ष भएको खर्चका आधारमा चालु आर्थिक वर्षमा पनि जनप्रतिनिधि र कर्मचारीले उहि शिर्षकहरु राखेर बजेट विनियोजन गरेका छन् । नवविकल्प साप्ताहिक र विकल्प न्यूज डटकमले भत्ता नै भत्ता र सुविधा नै सुविधा भनेर समाचार प्रकाशित गरेपछि अक्रोसित बनेका वडा अध्यक्ष लगायत कार्यापालिकाका सदस्यहरुले पत्रकार र सञ्चारमाध्यमलाई लान्छाना लगाएर विज्ञप्ति निकालेका छन् ।

आफैले नगरसाभाबाट बजेट पास गर्ने र त्यहि पास भएका शिर्षकहरुलाई आधार मानेर समाचार प्रकाशित गर्दा सञ्चारमाध्यम माथि आक्रोस पोख्नुले उनीहरुको भित्री नियत छर्लङ्ग देखिन्छ । गत आर्थिक वर्षमा भएको खर्चका आधारमा चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरिन्छ ।

बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीद्धारा प्रकाशित प्रेस विज्ञाप्तिमा पत्रकारलाई पित पत्रकारिताको संज्ञा दिइएएको छ । निर्वाचन ताका चुनाव जितेमा कुनै सेवासुविधा र भत्ता नलिने घोषणा गरेको जनप्रतिनिधिहरुले यसरी नगरवासीको करको दुरुपयोग गर्दै अश्वभाविक रुपमा भत्ता र सुविधा बाड्नु कत्तिको जायज होला ?

चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट सवै खर्च नभएको र आफूहरुले नियमअनुसार पाउनु पर्ने मासिक पारिश्रमिक,सञ्चार र इन्धन सुविधा वाहेक अरु केही पनि सुविधा र भत्ता नबुझेको सोमबार विहान आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा गत वर्ष भएको खर्चका वारेमा पत्रकारहरुले सोधेको प्रश्नमा पनि उनीहरुले गैरजिम्मेवार अभिव्यक्ती दिएका छन् । आफैले नगरसभाबाट पारित गरेको खर्चलाई उनीहरुले स्विकार गर्न अस्विकार गरे । नेकपा सम्बद्ध जनप्रतिनिधिका तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।