ताजा समाचार:
Search

सर्वाधिक धनराशीको सीपीए कप भलिबल प्रतियोगिताको तयारी पूरा

गोपाल छन्त्याल /सिड्नी

जेठ १९ गते ।  छन्त्याल परिवार अष्टे«लिया (सीपीए)को आयोजनामा यहि जुन ९ मा हुने सर्वाधिक धनराशीको‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबलकप’प्रतियोगिताको तयारी पूरा भएको छ ।

सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा पुरुष स्पर्धा तर्फ १० टिम र महिलातर्फ ४ टिमले सहभागिता जनाउने सीपीएका खेलकुद संयोजक ह्यारी छन्त्यालले जानकारी दिए ।

उनका अनुसार, पहिलो पटक सिड्नी शहर भन्दाबाहिर युनाइटेड गोर्खा ब्रिसवेनले समेत प्रतियोगितामा सहभागिता जनाउँदैछ ।
‘यहाँ सञ्चालन हुने कुनै पनि प्रतियोगितामा सिड्नीभित्रै समुदायिक संघसंस्था र क्लबलहरुले स्पर्धा गर्दै आएका थिए’, उनले भने, ‘यसपटक पनि सिड्नी बाहिरबाट समेत टिम आउने हुनाले प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरेका छौँ ।’

केहि समय अघि गठन भएको नेपाल भलिबल संघ अष्टे«लिया सँगको सहकार्यमा अन्तराष्ट्रिय रेफ्री तथा अफिसियलहरुले खेल सञ्चालन गर्नेछन् ।

भलिबलको अन्तराष्ट्रिय मापदण्ड अनुसार खेल सञ्चालन हुनाले नेपाली खेलाडी कौशल अभिबृद्धिमा दीर्घकालीनफाइदापुग्ने आयोजकले अपेक्षा गरेको छ । सीपीएकाअध्यक्षपदम छन्त्यालको अध्यक्षतामाभएको कार्यक्रममा सहभागि टिमका प्रतिनिधीहरुको रोहबरमा गोलप्रथाबाट खेल तालिका (टाइसीट)को टुगो लगाईएको छ ।

कार्यक्रममानेपालभलिबल संघ अष्टे«लियाकाअध्यक्ष कृष्ण सुनारले प्रतियोगितालाई सफलबनाउन संघले सक्दो सहयोग गर्दै आएको बताए ।

‘सिड्नीमाबाहिरको टिम सहभागिताजनाउनु एकदमै राम्रो सुरुवातहो, यसले भलिबल खेल प्रतिको क्रेजलाई अझ बढावा दिन्छ’, उनले भने, ‘हामी संघलाई समेत संस्थागत र विकसितबनाउँदै अघि बढिरहेका छौँ ।’

प्रतियोगितामा पुरुष स्पर्धा तर्फ विजेताले २५ सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ सय अष्टे«लियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, महिलातर्फ विजेताले ७ सय र उपविजेताले ४ सय अष्टे«लियन डलरसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।उत्कृष्ट खेल पस्कने लिफ्टर, स्पाइकर, बलकर, लिब्रो र प्रशिक्षकलाई व्यक्तिगत विधातर्फ पुरस्कृत गरिनेछ ।

सिड्नी लगायत अन्य शहरमा नेपाली समुदायले आयोजना गर्ने प्रतियोगिताभन्दा पुरस्कार र अन्य व्यवस्थापनका हिसाबले समेत सर्वाधिक धनराशीको प्रतियोगिता भएको आयोजकले जनाएको छ ।

भलिबलमा पुरुष स्पर्धा धेरै हुने भए पनि महिलाहरुलाई प्रोत्साहन गर्न महिलाभलिबल प्रतियोगिता समावेश गरिएको सीपीएका अध्यक्ष छन्त्यालले भनाई छ । १० वटै टिमका प्रतिनिधी, सीपीएका पदाधिकारी र विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि सम्मिलित कार्यक्रमको सञ्चालन सीपीएका महासचिब लोकेन्द्र छन्त्यालले गरेका थिए । प्रतियोगिता अर्वन बास्केटबल सेन्टर लिडकममा हुनेछ ।