रघुगंगाले ग¥यो फजुल खर्चमा कटौती

विकल्प न्यूज/बेनी
जेठ १६ गते । बेनी नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा वाढीरहेका समयमा यता जिल्लाको रघुगंगगा गाउँपालिकाले भने त्यस्ता खर्चलाई कटौती गर्ने निर्णय गरेको छ । फजुल खर्चमा कटौती गरेर गाउँपालिकाले आर्थिक अनुशासन कायम गर्न खोजेको छ ।

गाउँपालिकाले प्रशासनीक र अनावश्यक फजुल खर्चमा भारी कटौतीको प्रस्तावलाई पारित गरेको छ । गाउँकार्यपालिकाको वैठकबाट आगमी आर्थिक वर्षमा चालु खर्चमा एककरोड १० लाख रुपियाँ कटौती गर्ने निर्णयलाई पारित गरेको हो । रघुगंगाले चालु आर्थिक वर्षमा ६ करोड ९१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । आगमी आर्थिक वर्ष ०७६/७७ मा पाँच करोड ८१ लाख बजेट प्रस्ताव गरेको छ । चालु खर्चले पुँजी निर्माण गर्न नसक्ने र अनावश्यक मात्रामा प्रशासनीक खर्च बढ्ने हुँदा आगमी आर्थिक वर्ष देखि त्यस्ता खर्चलाई न्यूनिकरण गर्दै जाने गाउँपालिकाको उद्देश्य रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

अनुदानजन्य आर्थिक साहयता,विविध खालका कार्यक्रम खर्च र अनुत्पादकमुलक कार्यक्रममा गरिने खर्चलाई निरुत्साहित गर्ने गाउँपालिकाको लक्ष्य रहेको अधिकृत थापाले बताउनुभयो । प्रशासनीक फजुल खर्चलाई कटौती गर्दै पुँजीगत प्रकृतिका योजनालाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको उहाँको भनाई छ । यसले गर्दा आर्थिक अनुशासन कायम हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।