ताजा समाचार:
Search

दिवंगतको स्मृतिमा अन्नक्षेत्रलाई सहयोग

विकल्प न्यूज/बेनी
जेठ ८ गते । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रलाई एक परिवारले दिवंगत आफन्तको पुण्य स्मृतिमा खाद्यान्न र नगद सहयोग गरेका छन् ।

धवलागिरी गाउँपालिका ७ ताकमकी स्वर्गीय खगेश्वरी आचार्यको पुण्य स्मृतीमा उहाँका श्रीमान दण्डपानी आचार्य र परिवारले गलेश्वर वृद्धाश्रमका जेष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गर्नुभएको हो । चामल, तेल, नुन, चिनी, आटा, आलु, मसला लगायत छ हजार ८८० रुपैयाँ बराबरको खाद्यान्न र अक्षयकोषका लागि २१ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो ।

आचार्यकी छोरी शान्ति पौडेलले अन्न क्षेत्रका कोषाध्यक्ष चिरञ्जिवी आचार्य, कार्यालय सचिव शिव सुवेदी, गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनलाई खाद्यान्न र नगद हस्तान्तरण गर्नुभएको थियो । अन्न क्षेत्रले गलेश्वर जेष्ठ नागरिक आश्रमका ६० भन्दा बढी जेष्ठ नागरिकलाई भोजनको व्यवस्था गर्दै आएको छ ।