कदमको अध्यक्षमा रेग्मी

विकल्प न्यूज/बेनी
जेठ ८ गते । म्याग्दीमा क्रियाशिल गैरसरकारी संस्था कालीगण्डकी नाट्य तथा सामुदायिक विकास मञ्च (कदम)को अध्यक्षमा निलकण्ठ रेग्मी चयन हुनुभएको छ ।

संस्थाको मंगलबार बेनीमा सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा ७ औ अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा हरिप्रसाद पौडेल, उपाध्यक्षमा रक्षा पौडेल, सचिवमा बद्रीप्रसाद पौडेल, कोषाध्यक्षमा प्रकाश रेग्मी र सहसचिवमा अनिता ढुङ्गाना चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा सन्तोष गौतम, सन्तमाया जुग्जाली, सन्दिप बि.क, केशवप्रसाद ढुङ्गाना र पदेन सदस्यमा मुक्तिप्रसाद ढुङ्गाना रहनुभएको छ । विज्ञको तर्फबाट दुई जना सदस्य पछि थप गरिने संस्थाले जनाएको छ ।

हरिप्रसाद पौडेलको अध्यक्षता, बेनपा ६ का कार्यवाहक वडा अध्यक्ष गणेशबहादुर शाहीको प्रमुख आतिथ्यता, रक्षा पौडेलको सञ्चालन र निलकण्ठ रेग्मीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा मुक्तिप्रसाद ढुङ्गानाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कदमले जिल्लामा मातृशिशु स्वास्थ्य, सरसफाई, सुधारिएको चुल्हो, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रसंग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।