ताजा समाचार:
Search

मालिकाको दरबाङमा कुक तालिम

विकल्प न्युज/दरबाङ, जेठ ७ गते ।
म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा कुक तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र धौलागिरी प्राविधक शिक्षालय मुस्ताङ ,लेतेको प्राविधिक सहयोगमा हिमाल होटेलमा ५ गते देखी १४ दिने कुक तालिम सुरु भएको हो ।

तालिममा खानाका परिकार , पकाउने विधि तथा होटेल व्यवस्थापनका बारेमा सिकाइने तालिमका प्रशिक्षक जयप्रकाश गुरुङले जानकारी दिनुभयो । तालिममा १८ प्रशिक्षार्थीले सहभागिता जनाएको कार्यक्रम संयोजक एवम् मालिका गाउँपालिका स्तरिय होटेल व्यवसायी संघका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिम ंंंंआगामी १९ गते सम्म संचालन हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले व्यवसायीहरुलाई लघुउद्यम सिप विकास,स्तरिय खाना तथा गाउँपालिकामा आउने आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि कुक तालिम संचालन गरिएको बताउनुभयो ।