ताजा समाचार:
Search

हरि गौतमको अध्यक्षतामा मालिकामा बाल सञ्जाल गठन

साधन राम्जाली/ विकल्प न्युज
दरबाङ जेठ ७ गते ।
म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको । मंगलबार गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रमबाट किसानी माविका हरि गौतमको अध्यक्षतामा मालिका गाउँपालिका बाल सञ्जाल गठन गरिएको हो ।

उपाध्यमा मिता पुर्जा ,सचिवमा विनय सेती ,सहसचिवमा सफल सेञ्चुरी,कोषध्यक्षमा सवि भट्टचन र सदस्यहरुमा रविना घर्र्ति ,मनिसा जुग्जाली ,देवि पटेल,मुकेन घर्ति, टोरण पुन ,दिवाना पुन ,माइकल पुन , निशा सुनार,वेजेन्द्र रोका र करिश्मा पुन सहितको मालिका गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको हो ।


अध्यक्षमा निर्वाचित गौतमले गाउँपालिका भित्र रहेका बालबालिकाको हक , हित र अधिकारका लागि सबै सरोकारवालासंग समन्वय तथा सहकार्य गरि अगाडी बढ्ने् बताउनुभयो ।

साथै उहाँले गाउँपालिकालाई १८ बुदे घोषणा पत्र बुझाउँदै गाउँपालिका भित्रमा बाल श्रम, आपतकालिन बाल उद्धार गृह ,बालविवाह,विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउनमा बातावरण बनाउन माग गर्नुभएको छ । अध्यक्ष गौतमले वडा स्तरिय बाल सञ्जाल गठनलाई तिब्रता दिईने जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष खर मायाँ विटालुले गाउँपालिकाले बालबालिबालिकाको हक, हित र अधिकारका लागि काम गर्ने बताउनुभयो । उहाँले सबै बालबालिकालाई शिक्षाको पहुचमा ल्याउन विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिनुभयो । साथै गाउँपालिकाले भौतिक पुर्वाधार निर्माण गर्दा बाल मैत्रिमा जोड दिएको उहाँको भनाई छ ।

उपाध्यक्ष विटालुले बालबालिका भविश्यको कर्णधार भएकाले अभिभावकहरुले घरेलु काममा भन्दा उनिहरुको शिक्षामा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय बाल अधिकार श्रोत व्यक्ती मिठु आचार्य र महिला विकास अधिकृत ढुङगनाले बाल अधिकार सम्न्धी प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थी यमुना पुन जनप्रिय माविका प्रअ दिवाकर सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा इलाका प्रहर िकार्यलय दरबाङका प्रनानि बलराम पौडेल,गाउँपालिका शिक्षा संयोजक तेजप्रसाद लामिछानेको उपस्थिती रहेको थियो । कार्यक्रममा १५ विद्यालयले सहभागिता जनाएको शिक्षा संयोजक लामिछानेले जानकारी दिनुभयो ,