दरवाङमा होटल व्यवस्थापन सम्बन्धी तालिम सुरु

विकल्प न्यूज/दरवाङ
जेठ ७ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा होटल व्यवस्थापन तालिम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धौलागिरि प्राविधिक शिक्षालय मुस्ताङको प्राविधिक सहयोगमा सोमबार देखि दुइहप्ते आधारभूत होटल व्यवस्थापन तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले पछिल्लो समयमा दरवाङ बजार विस्तारको क्रममा रहेको र होटल खुल्ने क्रम वढेको बताउँदै उहाँले होटल व्यवसायलाई व्यवस्थित र पाहुँना मैत्री बनाउन तालिमले सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाले तालिमलाई उपयोगी बनाउन शहभागिहरुलाई अनुरोध गर्नुभयो । गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले होटल व्यवसायीहरुको क्षमता अभिवृद्धि र व्यवस्थापनमा नयाँ पन ल्याउनका लागि गाउँपालिकाले तालिमका लागि आर्थिक सहयोग गरेको बताउनुभयो ।गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षता,कमला शर्माको सञ्चालन र दरवाङ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका संयोजक अमृत सापकोटाको स्वागतमा सम्पन्न उद्घाटन सत्रमा वडा नम्बर ६ दरवाङका वडा अध्यक्ष सन्तनाथ जैसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

३० जना शहभागि रहेको तालिममा होटल व्यवस्थापन,पाहुँनाको स्वागत सत्कार,विभिन्न प्रकारका स्वदेशी तथा विदेशी खानाका प्रकारका वारेमा धौलागिरि प्राविधिक शिक्षालयका शिक्षक जयप्रकाश गुरुङले सहजीकरण गर्नुहुने छ ।