ताजा समाचार:
Search

नेपाल लेखापरिक्षक एशोसियशन म्याग्दीमा सुवेदी

विकल्प न्यूज/बेनी
जेठ ६ गते ।

नेपाल अडिटर्स एशोसियशन म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीमा रहेका अडिटर (लेखापरिक्षक)हरुको साझा संस्थाको रुपमा रहेको नेपाल अडिटर्स एशोसियशनको तेस्रो जिल्ला अधिवेशनबाट नारायणप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । 

समितिको सदस्यहरुमा तेजप्रसाद पौडेल, एकादक्त शर्मा, रत्नबम मल्ल, सल्लाहकारमा रामप्रसाद शर्मा र केन्द्रिय प्रतिनिधिमा रामजी प्रसाद सुवेदीलाई चयन गरिएको छ । भेला जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो ।