ताजा समाचार:
Search

म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन

विकल्प न्यूज/बेनी
जेठ ६ गते । म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो ।

जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रतिनिधि,स्थानीय तहका जनप्रतिनिधि र पत्रकार सहितको टोलीले बेनी बजार,अन्नपूर्णको पोखरेबगर,भुरुङतातोपानी,रघुगंगाको मौवाफाँट,मंगलाको बावियाचौर,मालिकाको दरवाङ र धौलागिरीको ताकम र मुनाका पसल तथा होटलहरुको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।हाम्रा सहकर्मी सुरेन गुरुङले दिएको जानकारी अनुसार अन्नपुर्ण गाउँपालिका को पोखरेवगर र तातोपानि बजारमा २० ओटा खाद्धन्न पसल, होटल तथा रेष्टुरेन्टको अनुगमन गरीएको छ ।

अनुगमनमा दर्ता भएको नभएको चेक जाच गरीएको थियो । अनुगमन मा गाउँपालिकाको उपाध्यक्ष केशमाया मगर ,प्रहरी नावयब उपरिक्षक महेन्द्र प्रसाद मरासीनी लगाएत पालिकाका सुव्वा कुल प्रसाद आचार्य उधोग वाणिजय संघ बजार इकाइ समितिका अध्यक्ष दशरथ कर्मचार्य, उपाध्यक्ष आत्मा तुलाचन, सचिव सुनिता बरुवाल, राजाराम बरुवाल लगाएतको उपस्थिती रहेको थियो । अनुगमनको क्रममा जुस, भुजा, मासु लागाएतको खाद्धन्नहरुमा उपभोग्य मिति समाप्त भएको र सडेको भेटीएका सामाग्रीलाई प्रहरीले तत्काल नष्ट गरेको थियो ।

नियमति रुपमा हरेक महिनाको ६ गते बजार अनुगमन गरिने प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।
अन्नपूर्णमा गरिएको बजार अनुगमन । तस्विर सुरेन गुरुङ