बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्ति पदयात्रा

विकल्प न्यूज/बेनी
जेठ ४ गते । २६ सय ४३ औँ लुम्बीनी दिवस तथा २५ सय ६३ औं बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्तिपदयात्रा गरिएको छ ।
बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मुल समारोह समितिको आयोजनामा शनिवार बेनीमा शान्तिपदयात्रा गरिएको हो । बौद्ध धर्मालम्बीहरु,शिक्षक,विद्यार्थी,उद्योगीव्यवसायी र सर्वसाधारणहरु सहभागी भएको पदयात्रा बेनीको संगमचोकबाट सुरु भई बजारका विभिन्न भागहरुको परिक्रमा गरेर बुद्धविहारमा पुगेर कार्यक्रममा परिणत भएको थियो । बुद्धविहारमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले बुद्ध दर्शन र शिक्षालाई आत्मसाथ गर्न सके सभ्य समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमा बौद्ध धर्मालम्बीहरुले बुद्धपुजा गरेका थिए । बौद्ध संघ म्याग्दीका अध्यक्ष यजनलाल शाक्यको अध्यक्षता र सचिव याम शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आज साँझ घरघरमा दिपावली गर्ने कार्यक्रम तय गरिएको बौद्ध संघले जनाएको छ । लुम्बीनी दिवस मनाउनको लागि म्याग्दी बौद्ध संघ संयोजक, नेपाल मगर संघ बेनी सहसंयोजक तथा वौद्ध संघ अन्र्तगतका विभिन्न संघ संस्था सदस्य तथा बौद्ध संघका सचिब याम शाक्य सदस्य सचिब रहने गरि मुल समारोह समिति गठन गरिएको थियो ।