म्याग्देली कलाकार रोकाको ‘भन्दिन म’ गीतको म्युजिक भिडियो छायांकन

विकल्प न्युज
म्याग्दी, जेठ १ गते । विभिन्न चर्चित लोकगितको सृजना गरिसक्नुभएका म्याग्दीली कलाकार रमेश रोकाको ‘भन्दिन म’ लोकगितको म्युजिक भिडियो छायांकन. गरिएको छ ।

म्याग्दीको मंगला गाउँपालिका ५ पाँखु घर भई हाल रोजगारको शिलशिलामा अष्टेलियामा रहनुभएका कलाकार एवम् सर्जक रोकाको नयाँ लोकगितको म्युजिक भिडियो छायाँकन गरिएको हो ।

दुई बर्षदेखी सांगितीक क्षेत्रमा लाग्नुभएका रोकाको शब्द सृजना रहेको सो गितमा कलाकार दिपक कुँवर र निसा केसीले स्वर दिनुभएको छ । गितको म्युजिक भिडियोको छायांकन काठमाण्डौंको धुलिखेल क्षेत्रमा गरिएको छ ।

माया प्रेमको आधारमा सृजना गरिएको गितको म्युजिक भिडियोमा चर्चित मोडल किसान भण्डारी र आयुष्मा कार्कीको अभिनय रहेको छ । कृष्ण पौडेलले निर्देशन गरेको सो म्युजिक भिडियोलाई छिट्टै बजारमा ल्याउने तयारी गरिएको सर्जक रोकाले जानकारी दिनुभयो । गीतका सर्जक रोकाले यस अघि मधुसुदन बञ्जाडेको ‘जिन्दगीको साथी’ बोलको गीतमा अभिनय समेत गर्नुभएको थियो ।