मालिका गाउँपालिकामा नेकपाको शपथ ग्रहण

विकल्प न्युुज
बेनी बैशाख ३१ गते ।
म्याग्दीका मालिका गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपाको मालिका गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।

नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा प्रदेश सदस्य नबराज शर्मा,जिल्ला कमिति सदस्य सुबिन जुग्जालि,बालकृष्ण सुवेदी,खरमाया बितालु र जग बहादुर किसानले शपथ गराउनुभएको थियो ।

शपथ ग्रहण गराउँदै प्रदेश सदस्य शर्माले पार्टी एकताको पूर्णतासँगै अब पार्टीको अभियानलाई गाउँकेन्द्रीत बनाइने बताउनुभयो । उहाँले नेकपाको सरकारले जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै आर्थिक विकास र रोजगारी सिर्जनालाई जोड दिइने बताउनुभयो ।

कार्यक्रममा जिल्ला कमिति सदस्य सुबिन जुग्जालि,बालकृष्ण सुवेदी,खरमाया बितालु र जग बहादुर किसानले पार्टीलाई एकताबद्ध रुपमा शसक्त बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम मालिका गाउँपालिका गाउँ सङ्गठन कमिटी अध्यक्ष बेग गर्बुजाको अध्यक्षता,गौरी सेन्चुुरीको स्वागत मन्तव्य र सचिव गोविन सिंथानी मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।