ताजा समाचार:
Search

बेनीमा २६४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइदै

विकल्प न्यूज/बेनी
बैशाख २८ गते ।

म्याग्दीमा २६ सय ४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइने भएको छ । बुद्ध जयन्ती तथा लुम्बीनी दिवस मुल समारोह समिति म्याग्दीले शनिवार बेनीमा पत्रकार सम्मेलन गरि आगामी जेठ २, ३ र ४ गते विविध कार्यक्रम सहित लुम्बीनी दिवस बनाउने कार्यक्रम सार्वजनिक गरेको हो ।

बुद्धको जन्मदिनको अवसरमा मनाउन लागिएको लुम्बीनी दिवसको अवसरमा जेठ २ गते बेनी अस्पतालमा मगर बौद्ध सेवा समाजको संयोजकत्वमा फलफुल विरतण गरिनेछ । त्यसैगरी सोही दिन नै युवा बौद्ध संघको संयोजकत्वमा विद्यार्थीको लागि बुद्ध शिक्षा बिषयक अन्र्तक्रिया कार्यक्रम समेत तय गरिएको छ ।

जेठ ३ गते महिला बौद्ध संघको संयोजकत्वमा बुद्ध पुजा तथा धर्मदेशना, जेठ ४ गते युवा बौद्ध संघ र नेपाल मगर विद्याथीं संघको संयोजकत्वमा शान्ति पदयात्रा, म्याग्दी बा ैद्ध संघको संयोजकत्वमा मुल समारोह, नेपाल मगर संघ र नेपाल छन्त्याल संघ बेनीको संयोजकत्वमा रथयात्रा र महिला बौद्ध संघको संयोजकत्वमा दिपावली कार्यक्रम गरिनेछ ।

लुम्बीनी दिवस मनाउनको लागि म्याग्दी बौद्ध संघ संयोजक, नेपाल मगर संघ बेनी सहसंयोजक तथा वौद्ध संघ अन्र्तगतका विभिन्न संघ संस्था सदस्य तथा बौद्ध संघका सचिब याम शाक्य सदस्य सचिब रहने गरि मुल समारोह समिति गठन भएको बौद्ध संघ म्याग्दीका अध्यक्ष यजनलाल शाक्यले जानकारी दिनुभयो ।

बुद्धको ज्ञानलाई आत्मसाथ गर्दै बुद्धका सन्देशहरुलाई समाजमा प्रवाह गर्ने लक्ष्य सहित तय भएका कार्यक्रमहरुलाई सफल बनाउन लागिपरेको अध्यक्ष शाक्यले बताउनुभयो ।

कार्यक्रममा भिक्षु भद्दन्त सम्यक सम्वोधि प्राणपुत्रले भगवान बुद्धको जन्म नेपालमा भएकाले उहाँको जन्मदिनलाई आधार बनाएर २६४३ औँ लुम्बीनी दिवस मनाउन थालिएको बताउनुभयो । म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्यको अध्यक्षता र सचिब याम शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।