शिखमा नेकपाको सपथ

विकल्प न्यूज/बेनी
बैशाख २८ गते ।  अन्नपूर्ण गाउँपालिका ५ शिखको किन्दुमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा कमिटिका पदाधीकारी तथा सदस्यहरुले सपथ लिएका छन् ।

वडा कमिटि अध्यक्ष उदिप्रसाद पाइजाको अध्यक्षता, तेसबहादुर पुर्जाको सञ्चालन र रञ्जित पाइजाको स्वागतमा सम्पन्न कार्यकर्ता भेलामा प्रमुख अतिथि जिल्ला सदस्य नारायण पुनले २५ सदस्यीय संगठन कमिटिलाई सपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रममा जिल्ला सदस्य पुनले विगतका तिता मिठा अनुभवबाट पाठ सिकेर संगठनलाई सुदृढ, पार्टीलाई एकतावद्ध, पार्टी र सरकारका योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका कमिटिका अध्यक्ष खड्ग गिरी, सचिव पूर्णबहादुर पाइजा, वडा न. ६ का वडा संगठन किमिटी अध्यक्ष मेखबहादुर खड्का, कार्यकर्ताहरु चिनबहादुर पुन, रामचन्द्र भण्डारी, टेकसर बुद्धुजा, भिमबहादुर पुन, लोकबहादुर पाइजा, ज्ञानबहादुर शेरपुञ्जा, भुवन पुर्जा, शिक्षक संगठनका बेगबहादुर तिलिजा, सेते तिलीजा, डिलकुमारी पाइजा र देउबहादुर पुर्जाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।