रुप्सेको शिरमा बाजा ढुङ्गा (फोटोफिचर)

विकल्प न्यूज/बेनी
बैशाख २६ गते ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरनाको शिरमा अनौठो खालको बाजा ढुङ्गा छ । रुप्सेबाट ३० मिनेटको उकाले यात्राबाट यहाँ पुग्न सकिन्छ । बाजा ढुङ्गाको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गर्न सकेमा कालिगण्डकी कोरिडोरको यात्राबाट मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुलाई यहाँ आकर्षीत गर्न सकिने स्थानीय रीता बरुवालले बताउनुभयो ।

पहाडमा रहेको ठूलो ढुङ्गाको तल विभिन्न आकृतिहरु देख्न सकिन्छ । ति आकृतिहरुलाई बजाउँदा नौमती बाजाको जस्तै आवाज आउने स्थानीयहरु बताउँछन् । रुप्से देखि पदमार्ग र नजिकै रहेको काभ्रे गाउँलाई होमस्टेका रुपमा विकास गर्न सकेमा बाजा ढुङ्गामा पर्यटन प्रवद्र्धन गर्न सकिने देखिन्छ । ठाकुरप्रसाद आचार्य