यस्ता छन् धवलागिरी गाउँ कार्यपालिका बैठकका निर्णयहरु

विकल्प न्यूज/बेनी
बैशाख १६ गते । 

म्याग्दीको धवलागिरी गाउँपालिकामा लेखा समिति गठन भएको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार बसेको कार्यपालिका बैठकले गाउँसभा अन्तरगत लेखा समिति गठन भएको हो ।

वडा न. ५ का वडा अध्यक्ष खर्ककुमारी छन्त्यालको प्रस्तावमा कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा प्रस्तावक छन्त्याल र वडा न. २ मुनाका अध्यक्ष पूर्म पुन रहनुभएको छ ।

अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माण गर्न पाँच लाख रुपैयाँ बिनियोजन भएको छ । गाउँपालिकाको ७ नम्बर वडाको बाँकी र ५ नम्बर वडा मल्कवाङमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माणका लागि डिपीआर तयार पार्न सम्पुरक कोषबाट पाँच लाख बिनियोजन भएको प्रवत्ता झकबहादुर छन्त्यालले बताउनुभयो ।

कार्यपालिका बैठकले गाउँपालिकाको शिक्षा शाखाको संयोजकमा गिरिप्रसाद छन्त्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । छन्त्याल यसअघि हेम मावि शिवाङ स्रोत केन्द्रको स्रोत व्यक्ति हुनुहुन्थ्यो ।
यसैगरी गाउँपालिकाका अध्यक्ष पुनका दाजु जितबहादुर पुनको निधन भएकोमा दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।