ताजा समाचार:
Search

बिमका अधिकांश योजना सम्पन्न

साधन राम्जाली /विकल्प न्यूज
१२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ७ नम्बर वडाका अधिकांश योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएका भौतिक पूर्वाधार तथा सामाजिक विकास तर्फका अधिकांश योजनाहरु सम्पन्न भएका छन् । चालु आर्थिक बर्ष २०७५/७६ मा विनियोजित योजना मध्ये ८० प्रतिशत योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो ।

वडामा विनियोजन भएका १९ मध्ये १४ वटा योजना सम्पन्न भएका छन् । भौतिक पुर्वाधार,आर्थिक र सुशासन संस्थागत तर्फ गरि चालु आर्थिक बर्षमा गाउँपालिकाबाट १ करोड ७१ लाख रुपैयाँ बजेट विनियोेजन भएको अध्यक्ष जुग्जालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक बर्षमा विनियोजित १९ वटा योजना मध्ये ८० प्रतिशत योजनाको काम सम्झौता गरि निर्माण सम्पन्न भएका छन् । योजना सम्पन्न हुनेमा पुर्वाधार विकास तर्फ सडक निर्माण एवम् मर्मत,कृषि प्राविधिक शिक्षालयको तला थप, भकारो सुधार,विद्युतिकरण र ढल निर्माण रहेका छन् ।

यसै गरी सामाजिक विकास तर्फ खानेपानी मुहान संरक्षण एवम् मर्मत तथा विभिन्न क्षमता विकास तालिम रहेका छन् । योजना छनौट चरणमा वडामा टुक्रे योजनालाई निरुत्साहित गरेकाले योजना कार्यान्वयन गर्न सहज भएको वडा अध्यक्ष जुग्जालीले बताउनुभयो ।

वडामा विनियोजन भएका योजनाहरु बैशाख महिना भित्रसक्ने लक्ष्य लिएको अध्यक्ष जुग्जालीले बताउनुभयो । गाउँपालिकाबाट विनियोजन भएका गौरवको योजनाहरु तोकिएको समयावधी भित्र सम्पन्न गर्न बिमवासीहरु जुटेका छन् ।
कृषि प्राविधिक शिक्षालयको भौतिक पुर्वाधार निर्माण,विम –दरबाङ सडक र बिम– बिमबाङ –मालिका मन्दीर सडक निर्माण गरी तीन वटा योजना वडाका गौरवका आयोजना हुन् । योजना कार्यान्वयनमा उत्साहपूर्ण रुपमा जनशहभागिता जुटेको गरेको अध्यक्ष जुग्जालीले बताउनुभयो ।