मंगलामा “समृद्धिको जग बसालेका छौं” ः उपाध्यक्ष केसी

विकल्प न्यूज/बेनी
बैशाख ९ गते ।

स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएको करिब दुइवर्ष हुनलागेको छ । दुईवर्षको अवधिमा स्थानीय तहका जनप्रतिनिधिहरुले गाउँपालिकाको समृद्धिको जग बसाल्ने काम गरेको बताउँछन् । जिल्लाको मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु गाउँपालिकाको समृद्धि कसरी हुनसक्छ भनेर त्यसको जग बसाउने क्रममा छन् । साविकका ४ वटा गाविसहरु अर्मन,बावियाचौर,कुहुँ र बंरजालाई समेटेर मंगला गाउँपालिका बनाइएको हो । गाउँपालिकालाई पाँच वडामा विभाजन गरिएको छ ।

मंगला गाउँपालिका भौगोलिक र जनसंख्याका हिसावले सानो छ । जिल्लाका अन्य स्थानीय तहको दाँजोमा यहाँको विकास र समृद्धि हाँसिल गर्न सहज छ । कृषिको उर्वर भूमि रहेको मंगलाले कृषिको आधुनिकीकरण र पर्यटनमा संभावनाको खोजी गरी समृद्ध गाउँपालिका बनाउने योजना अघि सारेको छ । यसै सन्दर्भमा निर्वाचित भएपछिका दुइवर्षको अनुभव,अवसर,चुनौती र उपलब्धीका विषयमा मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी सँग नवविकल्पका सम्पादक ठाकुरप्रसाद आचार्यले गरेको कुराकानीको संपादीत अंश ः

नवविकल्प कुराकानीमा यहाँलाई स्वागत छ ।
धन्यबाद !

यहाँ निर्वाचित भएको करिब दुइवर्ष हुनलाग्यो । यहाँको दुइवर्षे अनुभव संक्षेपमा बताइदिनुहोस् ।
हामीलाई काम गर्ने यो दुईवर्षको अवधि एतिहाँसीक अवसर हो । संविधानले हामीलाई दिएको अधिकार अनुरुप काम गर्दै गर्दा थुप्रै चुनौतीहरु आइपरे । हामीले सोचे अनुसार काम गर्न हामी सँग धेरै चुनौती थिएँ । यसका वावजुद पनि हामीले जनतासँग गरेका प्रतिवद्धतालाई पुरा गर्न निरन्तर लागिप¥यौं ।

यो अवधिमा जनताको नजिक पुगेर काम गरेका छौं । जनताका समस्यालाई गहिराइमा पुगेर बुझ्ने काम गरेका छौं । जनताका इच्छा र समस्याहरुलाई हामीले नजिकबाट बुझ्ने प्रयत्न ग¥यौं । तर जुन स्प्रिडमा हामीले काम गर्नुपर्ने थियो त्यो अनुसार काम गर्न सकेनौं । हामी सँग थुप्रै चुनौती र समस्याहरु थिए । जनशक्ति र पूर्वाधार अभाव हाम्रो विकास र समृद्धिका अवरोधका रुपमा खडा छन् । तर पनि हामीले समृद्धिको जग बसाल्ने काम गरेका छौं ।
चुनौतीका रुपमा जनशक्ति मात्र हो की अरु पनि छन् ?
जनशक्तिको अभाव एउटा पाटो हो भने अर्को कुरा संविधानले दिएको अधिकारका वारेमा हामी अनविज्ञ छौं । कतिपय कानुनहरु निर्माण नभएकाले काम गर्न समस्या छ । संविधिानले दिएको अधिकारका वारेमा पनि हाम्रो बुझाईमा समस्या भयो । हामीलाई ज्ञानको अभाव थियो । जति अधिकार प्रत्यायोजन गरेको छ त्यसलाई व्यवहारिकमा रुपमा कार्यान्वयन गर्न अफठ्याराहरु छन् । तर पनि हामीले जनताका अपेक्षाहरु पुरा गर्न निरन्तर लागिपरेका छौं ।

यो दुई वर्षमा मंगला गाउँपालिकाको विकास र समृद्धिको जग बसाल्ने काम भयो भन्न मिल्छ ?

हो हामीले यो दुइवर्षमा हामीले गाउँपालिकाको विकास र समृद्धिको जग बसाल्ने काम गरेका छौं । शिक्षा,कृषि र सामाजिक क्षेत्रमा धैरै काम गरेका छौं ।

स्थानीय तहमा जनताले देख्न र महशुस गर्न सक्ने काम गरेका छौं । शिक्षामा हामीले सुधार मात्र होइन परिवर्तन नै गर्नुपर्दछ भनेर लागेका छौं । अहिलेको कक्षा ८ को नतिजाले पनि देखाइसकेको छ । युवाहरु मेलापर्वमात्र रमाउने होइन विकास सँग पनि जोडिनु पर्दछ भनेर युवाहरुलाई जागरुक बनाउन खोजेका छौं । स्वास्थ्यमा सुधारको पहल गरेका छौं ।

जनतालाई उत्पादन सँग जोड्का लागि कृषिमा लगानी वृद्धि गरेका छौं । हामीले उत्पादन सँग जोड्ने योजनालाई प्राथमिकतामा राखेका छौं । कृषिलाई सहकारी सँग जोड्ने काम गरेका छौं । युवाहरुलाई तालिम पनि दिएका छौं । स्थानीय स्तरमा प्राङ्गारिक मलको उत्पादनलाई सुरु गरेका छौं । कृषिमा लगानी बढाएर युवाहरुलाई उत्पादन सँग जोड्ने योजना अघि सारेका छौं ।

मंगला गाउँपालिकाको समृद्धि भनेको कृषि र पर्यटन हो । यहाँहरुको योजना के छ ?
हाम्रो गाउँपालिकाले समृद्धि हाँसिल गर्ने भनेको कृषि र पर्यटनको विकास नै हो । मुख्य मन्त्री नमुना कृषि गाउँ बनाउने योजना छ । २,३ र ५ नम्बरलाई मुख्यमन्त्री नमुना कृषि गाउँ बनाउन छनौट गरेका छौं । जनतालाई कृषिमा प्रत्यक्ष जोडेर जनताको जीवनस्तर उकास्ने योजना छ । कृषिमा हामीले आमुल परिवर्तन गर्न खोजेका छौं । सामुहिकमा रुपमा कृषि खेती गर्ने योजना अघि सारेका छौं ।

युवाहरुलाई तालिम दिएका छौं । कृषि सहकारीमा नागरिकहरुलाई संगठित गरेर कृषि खेतीलाई व्यवसायिक र रोजगारमुलक बनाउने योजना अघि सारेका छौं । अर्को कुरा पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि पनि गाउँपालिकाले योजना बनाएको छ ।

हाम्रो मुख्य पर्यटकीय क्षेत्र टोडेकालाई विकास गर्ने योजना बनाएका छौं । आन्तरिक एवम् वाह्यै पर्यटकलाई टोड्केमा आकर्षीत गर्ने योजना छ । प्रदेश र संघीय सरकार सँग पनि पूर्वाधार विकासका लागि योजना पेश गरेका छौं ।

अर्को कुरा टोड्कोमा शान्तिसुरक्षाको भरपर्दो व्यवस्थापन गर्ने । टोडकेको आसपासका क्षेत्रमा होमस्टे बनाउने । टोड्केका साथै बरंजाको झाक्रीपानीको विकासका लागि पनि योजना बुनेका छौं । होमस्टे सम्बन्धी तालिम दिँदै छौं । टोड्केको नजिक रहेको पूर्णगाउँलाई होमस्टे गाउँ बनाउने योजना अघि सारेका छौं । होमस्टे कार्यक्रमका लागि झाक्रीपानी र पूर्ण गाउँलाई १० लाख रुपियाँ विनियोजन गरेका छौं । पर्यटकीय स्थलका जनतालाई उत्पादन सँग जोड्ने हाम्रो लक्ष्य हो । यसो भयो भने मात्र हामीले समृद्धि हाँसिल गर्न सक्छौ भन्ने हाम्रो विश्वास छ ।

मंगला गाउँपालिकाको राजश्व संकलनको अवस्था के छ ?

म राजश्व परामर्श समितिको संयोजक पनि हो । हाम्रो गाउँपालिका सानो छ । हाम्रो आन्तरिक आम्दानीको स्रोत अत्यन्तै न्यून छ । गत वर्ष प्रक्षेपण भन्दा दोब्बर राजश्व संकलन गरेका छौं । चालु वर्षमा पनि हामी लक्ष्य भन्दा माथि नै राजश्व संकलन गर्दछौं । हाम्रा अन्य आम्दानीका स्रोतहरुको पनि खोजी गरेका छौं । सिफारिस दस्तुर र ढुङ्गा,गिटी बालुवाका साथै अन्य स्रोतहरुको पनि खोजी गरेका छौं । उद्योग व्यवसायलाई गाउँपालिकामा दर्ता गर्ने नीति अघि सारेका छौं ।
चालु आर्थिक वर्षको लगभग अन्तिममा आएका छौं ।

यहाँ अनुगमन समितिको संयोजक पनि हुनुहुन्छ । योजना कार्यान्वयनको अवस्था के छ ?

चालु आर्थिक वर्षमा काम गर्ने भनेको करिब दुइ महिना मात्र छ । अघिल्लो वर्षमा भन्दा यस वर्ष योजना कार्यान्वनयको अवस्था राम्रो छ । योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेका छन् । हामीले विनियोजन गरेका योजनाहरु पारदर्शी रुपमा कार्यान्वयन भइरहेका छन् । सवै योजनाहरु सम्झौता भएर विकासले रफ्तार लिएको छ ।

विकास योजनाहरुमा जनशहभागिता कस्तो छ ?

सवै योजनामा जनशहभागिता जुटेको छ भन्न त सकिँदैन । तर महिलाहरु उपभोक्ता समिति भएका योजनाहरुमा जनशहभागिता जुटेको छ ।

न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ । के कस्ता उजुरीहरु आएका छन् र कसरी निरुपण हुने गरेका छन् ?
यो महत्वपूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ । सानातिना मुद्धाहरुलाई स्थानीय तहबाटै निरुपण गर्ने भन्ने छ । जनताको इच्छा आकांक्षा ठूला छन् । 

सवै मुद्धाहरु न्यायिक समितिबाटै समाधान जनताको चाहना छ । चर्को व्याज,झैझगडा जस्ता मुद्धाहरु आएका छन् । हाम्रो क्षेत्रधिकार भित्र पर्ने मुद्धाहरु हामीले हेरेका छौं । हामीलाई कानुनी ज्ञान अभाव छ । न्यायिक समितिमा जनशक्तिको अभाव छ । स्थानीय तहको न्यायिक समितिलाई पूर्णरुपमा सञ्चालनका लागि कानुनी अधिकृतको खाँचो छ । कतिपय मुद्धाहरुका हकमा हामीले गरेका प्रयास सहित जिल्ला अदालतमा पठाएका छौं ।

मंगला गाउँपालिकामा महिलाहरुको आर्थिक र सामाजिक अवस्था कस्तो छ ?

अन्य गाउँपालिका जस्तो हाम्रोमा महिलाहरुको अवस्था त्यति नाजुक त छैन । तर अझै कतिपय महिलाहरु आर्थिक रुपमा पछाडि परेका छन् । महिलाहरुको जीवन स्तरमा सुधार ल्याउनका लागि उनहरुलाई आर्थिक विकास सँग जोड्ने हाम्रो योजना छ ।

महिलालाई आफ्नो अधिकारका वारेमा सचेत बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरेका छौं । टोलटोलमा पुगेर महिला अधिकारका वारेमा जानकारी दिने । महिलाहरुलाई उत्पादन सँग जोड्न कृषि तालिम दिने गरेका छौं । महिलाहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरुको आयोजना गर्ने गरेका छौं ।
अन्तमा मंगलावासीहरुलाई केहि भन्न चाहनुहुन्छ की !

मंगला गाउँपालिकाले दुइवर्षको समयमा जे जति काम गर्न सक्यौं । यहाँहरुले प्रत्यक्ष रुपमा हेर्नुभएको पनि छ । हामीले गरेका कामकारबाहीका वारेमा सल्लाह सुझावको खाँचो छ । हामीले गरेका कामहरुको समिक्षा गर्नुहोस् । र आगमी आर्थिक वर्षको बजेट निर्माण गर्न नजिक आएका छौं ।

आगमी योजना निर्माणका लागि सुझावको अपेक्षा राखेका छौं । गाउँपालिकाको विकास र समृद्धिका लागि गाउँपालिकावासीहरुलाई हातेमालो गर्न अनुरोध पनि गर्दछु । गाउँपालिकाको पछिल्ला गतिविधिहरुका वारेमा सञ्चारमाध्यम मार्फत गाउँपालिकावासीमा पु¥याउन सहयोग गर्नुभएकोमा यहाँलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।