महोत्सवका आयोजकले फोहोर थुपारे,विद्यार्थीले सफा गरे (फोटो)

विकल्प न्यूज/बेनी
बैशाख ६ गते ।  बेनीको खुल्ला मञ्चमा महोत्सव आयोजकले फालेको फोहोर विद्यार्थीहरुले हटाएका छन् ।
बेनीको खुल्ला मञ्चमा चैत २३ गते देखि रेडियो म्याग्दीले प्रथम म्याग्दी पर्यटन महोत्सवको आयोजना गरेको थियो । खुल्ला मञ्च पुरै फोहोरको थु्रपो जस्तै भएको थियो ।

२९ गते सकिएको महोत्सवको फोहोर आयोजकले हटाउन कुनै पहल नगरेपछि अनेरास्ववियूका केन्द्रीय सदस्य प्रकाश पौडेलको नेतृत्वमा पुगेका युवाहरुले शुक्रवार  खुल्ला मञ्च सरसफाई गरेका हुन ।

आयोजकले सरसफाईमा ध्यान नदिएपछि सामाजिक सञ्जालमा चर्को रुपमा आलोचना भएको थियो ।