ताजा समाचार:
Search

पत्रकार अर्जुन गिरीलाई निशर्त सम्मानजनक रिहा गर

वि.वि. श्रेष्ठ/विकल्प न्यूज
बैशाख ५ गते । लोकतन्त्रको दुहाई दिने नेकपा को दुई तिहाईको सरकारले प्रेस स्वतन्त्रतामा अंकुश लगाउदै पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरि हिरासतमा लिएको छ । लोकतान्त्रिक संविधानको प्रस्तावनामा नै पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको सन्दर्भमा समाचार लेखेको विषयलाई नै लिएर पत्रकारमाथी हत्कडी लगाउदाँ सरकारको लोकतान्त्रिक पद्धतिमाथी नै शंका उत्पन्न भएको छ ।

पत्रकार आफैमा पनि स्वतन्त्रतापुर्वक लेख्न पाउनुपर्दछ । कुनै पनि वहानामा पत्रकारमाथी वन्देज हुन्छ भने त्यो देश र समाज कसरी लोकतान्त्रिक हुन्छ ? सरकारको यहि व्यवहारले सरकारको लोकतान्त्रिक शैलीलाई गिज्जाईदिएको छ ।
राज्यको नै चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र आफैमा संम्वेदनशील पेशा हो । पत्रकारिताको माध्यामवाट नै समाज र देश निर्माणमा महत्वपुर्ण भुमिका खेल्दछ भने समाज र राज्यको नै यथार्थ अवस्थाको चित्रण गर्ने माध्याम नै पत्रकारिता हो ।

पत्रकारिताको माध्यामवाट नै जनतालाई सुसिचित हुने अधिकार प्रदान गर्दछ । पत्रकारिता आफैमा राज्यको महत्वपुर्ण अंग हो । पत्रकारिता पेशालाई नै अंकुश लगाएर समुन्नत र लोकतात्रिक समाजको परिकल्पना पनि गर्न सकिदैन । जुन एकमात्र सत्य हो । यहि सत्यतालाई समेत वाङ्गो वनाएर आफु अनुकुलतामा रमाउने सरकार र त्यसको मतियार भनेको लोकतन्त्र विरोधी हुन् । जुन आफु अनुकुलतामा प्रेस स्वतन्त्रको वकालतमा रमाईरहेको पाईन्छ ।

पत्रकारिता क्षेत्रमा आफै पनि जोखिमयुक्त क्षेत्र हो । कसैको सहजताका लागी पत्रकारिता र विरोधका लागी मात्र पत्रकारिता गरिदैन । जुन पत्रकारीताका धर्म भित्र पनि पर्देन । समाज र देश लाई नै खवरदारी गर्ने माध्यामा राज्य नै अनुदार वन्दछ भने त्यो जस्तो घातक पक्ष अन्य हुन सक्दैन ।

समाज मा भएको विकृत्ति, विसंगति, भष्टाचारकाृ विरुद्धमा सशक्त रुपमा कलम चलाएर सम्वन्धित पक्षलाई जानकारी दिएर त्यस्ता कर्मलाई रोक्ने कर्म नै पत्रकारिताको मुख्य कर्म हो । यहि कर्ममा तल्लिन अर्जुन गिरीले समाजमा व्याप्त भष्टाचार, ठग, विकृत्ति, विसंगतिको उजागर गरेर कुन चाहि राज्यद्रोहको काम गरे र हत्कडीका साथ हिराशतमा राखियो ? आम पत्रकारिता क्षेत्रका अक्षम्य प्रश्न यहि हो ।

के पत्रकार समाजमा रहेको विकृत्ति, विसंगति, भष्टाचारमा लिप्तका पक्षमा लेखेर उनिहरुको पक्षपोषण गरिरहनुपर्ने हो ? समाजमा रहेको यस्ता पक्षका कर्ममा ढाकक्षेप गर्नका लागी पत्रकारिता गरिदिनुपर्ने हो ? यदि होईन भने पत्रकार अर्जुन गिरीको पक्राउ के का लागी ?

लोकतन्त्रको सुन्दर पक्षनै विचारको स्वतन्त्रता, आम नागरिकको मौलिक हक को रक्षा, । जव विचारको स्वतन्त्रतामा नै अंकश लाग्दछ भने कस्तो लोकतन्त्र ? विचारमा विविधता स्वभाविक हुन्छ, आफनो लागेको कुरा व्यक्त गर्ने अधिकार आम नागरिकले पनि राख्दछ । पत्रकारिता पनि प्रेस काउन्सिल नेपालका निती नियम र परिधि भित्र रहेर काम गर्दछ । पत्रकारिकताको आफनै आचारसहिता हुन्छ ।

तर आम जनतालाई लक्षित गरि वनाईएको साईवर अपराधको मुद्धाको विभिन्न धारा र उपधाराले पत्रकारिता को त्यो कर्मलाई वन्धक वनाउने दुश्प्रयास गरिन्छ भने त्यो लोकतन्त्रमाथीको प्रहार शिवाय अन्य हुन सक्दैन । जुन काम गरेर सरकारले सरकार लोकतन्त्रप्रतिक कति प्रतिवद्ध रहेको छ भन्ने कुरा प्रमाणित गरेको छ ।

पत्रकारको आम कलम चलाईमा समाजमा रहेको सम्पुर्ण व्यक्ति, संघसंस्थाको चित्त नवुझन सक्दछ, उनिहरुको अनुकुलको नहुन सक्दछ, यसको अर्थ विद्युतिय कारोवार ऐन २०६३ को दफा ४७, र ४८ देखाएर पत्रकारिताको धर्ममाथी प्रहार हुन सक्दछ भने हामी आम पत्रकारहरु राज्यको यो चरम दमन विरुद्ध लडिरहन वाध्य हुनेछौ ।

सरकारले यो प्रेस स्वतन्त्रतामाथी अंकुश लगाउने विभेदकारी दफा तत्काल हटाउनुपर्दछ । सरकार जव आफु अनुकुलताको समाचारको पक्षमा रमाउने कुत्सित मनसाय राख्दछ भने त्यो सरकारवाट लोकतन्त्रको रक्षा हुन्छ भन्नु कमजोर मानसिकताको घोतक शिवाय केहि हुन सक्दैन ।

समाचार आफैमा जनतामा सुचनाको सम्प्रशण गर्ने मुख्य आधार हो । जुन पत्रकारिताका माध्यामवाट जनतालाई जागरुक वनाउदछ । जव जनता जागरुक वन्दछ, तव समाज र देश समृद्ध वन्दछ भन्ने एकमात्र सत्य नवुझेको सरकारको यो रवैयाले लोकतान्त्रिक सरकारको धज्जी अडाएको छ ।

समाचार का वारेमा असहमत भएमा प्रेस काउन्सिल मा गएर असहमत दर्ज गर्न सकिन्छ, कानुन अनुसार पत्रकारितालाई कारवाही गर्न सकिन्छ । यसवाट पनि समाचारको खण्डन गरिने माध्याम हुदाँ हुदै डनवाद, धनवादको डरले कोहि पत्रकारितामाथी नै जाईलाग्ने दुस्साहस गर्दछ भने त्यो कदापी सह्य हुन सक्दैन ।

पत्रकार अर्जुन गिरीले समाजमा घटेका यथार्थ घटनालाई नै समाचारका माध्यामवाट चित्रण गरेका हुन् । जुन पत्रकारिताको धर्म हो । उसको मुख्य कर्तव्य हो । आफनो कर्तव्य पुरा गर्न लाग्दा विभिन्न नाममा हत्कडी लागेर हिराशतमा राखिनु भनेको सरकारको घोर असक्षमता हो ।

ठगीको मुद्धा उजागर गरेर समाजमा भएको विकृत्ति विसंगती र भष्टाचारको उजागर गरे पत्रकार अर्जुन गिरीले समाज र देश प्रतिको जिम्मेवारी पुरा गरेका हुन्, नकि व्यक्तिगत लाभ । यहि एकमात्र सत्यता पनि सत्ता, शक्ति, धन र डनका माध्यामवाट दवाउने जुन प्रयत्न सरकारवाट भएको छ , त्यो घोर भत्र्सनायोग्य रहेको छ । जसले सरकारकको कायरता झल्काउदछ ।
जव सरकार, शक्ति र डनवाद पत्रकारितालाई दवाउन खोज्दछ भने त्यो समाज र देश समृद्ध वन्न सक्दैन । पत्रकारको त्यो धर्ममा अंकुश लगाउने कार्य सरकारको काम कारवाही भित्र पर्देन ।

आफनो पदिय जिम्मेवारी र भुमिका वहन गर्दा गर्दे सिआईवीको टोलिले साईवर अपराध मुद्धामा हिराशतमा राखिनु भनेको लोकतन्त्रको विरुवा निमोट्नु हो ।

अत पत्रकार अर्जुन गिरीको निशर्त सम्मानजनक रिहाई गरेर सरकार पुर्ण प्रेस स्वतन्त्रता प्रति वफादार रहेको अनुभुति दिनुपर्दछ । लोकतन्त्रको दुहाई दिने दुईतिहाइको सरकारले पत्रकारमाथी अंकुश लगाएर विश्व हसाउने काम गर्नुहुदैन ।