ताजा समाचार:
Search

पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलनमा

विकल्प न्यूज/बेनी
बैशाख ४ गते ।

ठगी’ गरेको भन्दै समाचार लेखेका कारण पक्राउ परेका अर्जुन गिरीको रिहाईको माग गर्दै पोखराका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

दफा ४७ र ४८ अन्तर्गतको ऐन खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगाएतका ब्यानर तथा प्लेकार्डहरु बोकेर बुधबार पोखराबाट सञ्चालन हुने सञ्चार माध्यमले सामूहिक विरोध
जनाएका हुन् । साथै पक्राउ परेका अर्जुन गिरीलाई सर्शत रिहा गर्न माग गर्दै आज जिल्ला प्रहरी कार्यलय कास्की र जिल्ला प्रशासन कार्यलय अगाडी धर्ना दिएका छन् । छन् । नेपाल पत्रकार महासंघ कास्कीले विरोधका कार्यक्रम तय गरेको हो ।

उता पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा नेपाल पत्रकार महासंघले पनि आन्दोलनको घोषणा गरेको छ ।

महासंघले भोलि ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको छ ।

यसका लागि भोलि नै महासंघ केन्द्रीय समिति बैठक बोलाइएको छ । पक्राउ परेका गिरीलाई हिजो जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ । यसै गरी पत्रकार महासंघ म्याग्दी शाखाले पत्रकार गिरीको तत्काल रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । शाखाका अध्यक्ष तारानाथ शर्माको नेतृत्वमा पुगेका म्याग्दीका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन ।