ताजा समाचार:
Search

“क्या राम्रो बासखर्क गाउँ” गीत सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/जलजला
बैशाख ३ गते । सुन्तला गाउँका रुपमा परिचित पर्वतको जलजला १ बासखर्कलाई गीत मार्फत थप देश विदेशमा चिनाउन गिती एल्बम निर्माण गरिएको छ । सोमबार देखि युटुब मार्फत सार्वजनिक गरिएको गीतमा बासखर्कको कला, संस्कृति र पहिचानलाई समेटिएको छ ।

चर्चित गायीका मेलिना राईको आवाज रहेको उक्त गीतमा बाँसखर्क निवासी गायक गोविन्द गर्बुजाको शब्द र चर्चित संगितकार जि पुनको संगित तथा संगित संयोजन रहेको गित नव वर्ष २०७६ को अवसर पारेर सार्वजनिक गरिएको हो । म्युजिक भिडियो मा नृत्य निर्दैशन सविन गुरुङको रहेको छ । उक्त म्यूजिक भिडियोलाई असल साथी टिभीले युटुब मार्फत सार्वजनिक गरेको हो । अनिल शाही र भिमराज तिमिल्सिनाले छायङ्कन गर्नुभएको छ ।

बासखर्कको सुन्तलाबारीमा छायङ्कन गरिएको गीतको भिडियोको निर्देशन अनिल शाही र दीलिप गायकले गर्नुभएको छ ।
बासखर्कको कला,संस्कृति र पहिचानलाई गीतमार्फत देशविदेशमा प्रचारप्रसार गरि पर्यटन प्रबद्र्धनमा  टेवा मिल्ने अपेक्षा गरिएको वडा अध्यक्ष तुलसीराम रेग्मीले बताउनुभयो ।