चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार

विकल्प न्युज /बेनी,

बैशाख ३ गते । म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार भएको छ । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन,कमानसिङ्ग पुन घाइते हुन््भएको थियो । घाईते मध्ये पवित्रा पुन ,मिरा कुमारी पुन र दिवस पुनको स्वास्थ्य अवस्था गम्भिर रहेको थियो ।

घाइतेहरुको दरबाङ प्राथमिक स्वास्थ्य केन्दमा सफल उपचार भएको ।्र प्राथमिक स्वास्थ्य केन्द्रमा सफल उपचार पश्चात सामान्य अवस्थामा रहनुभएका चार जना घर फर्किनुभएको छ ।

भने गम्भिर घाइतेहरु मध्य दिवस पुन र मिरा कुमारी पुनको स्वास्थ्य अवस्था खतरा मुक्त भएपनि प्राथमिक स्वाथ्य केन्द्रमा सामान्य उपचार भइरहेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र ईलाका प्रहरी कार्यलय दरबाङबाट खटेको प्रहरी टोलिको सहयोगमा घाइतेहरुको उद्धार गरी दरबाङ ल्याइएको थियो । भारी असिना संगै परेको बर्षाका कारण उद्धार कार्यमा समस्या भएको अध्यक्ष रोका मगरले बताउनुभयो ।