पर्यटक तान्दै बरंजाको ‘दह ताल’

साधन राम्जाली /विकल्प न्यूज
चैत २७ गते ।

कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउन सकिने अपेक्षा गरिएको छ ।

धार्मिक तथा प्राकृतिक दृष्टीकोणले पर्याप्त पर्यटकीय सम्भावना बोकेको तालमा पर्यटक आकर्षीत गर्न स्थानीयहरुले पुर्वाधार निर्माण र प्रचारप्रसारमा जुटेका छन् । विचमा पिपलको रुख, पानीको मुहान अनि नजिककै मन्दीरले ताललाइ अझै आकर्षक बनाएको छ । ताल करिब एक रोपनी क्षेत्रफलमा फैलएको छ । खडेरी लागेको खेतमा बाली लगाउने समयमा आकशे पानी नपरेमा तालमा पुजा गरेमा पानी पर्ने स्थानीयको विश्वास रहेको छ ।

तालको संरक्षण र प्रवद्र्धनका लागि पुर्वाधार निर्माणमा जुटेको कुलबहादुर थापाले बताउनुभयो । तालको संरक्षणका लागि वडाबाट तारजालीले घेराबार संगै ताल नजिक सडक निर्माण गरेको उहाँले जानकारी दिनुभयो । ताल हेर्न आउने पर्यटकलाई लक्षित होमस्टे,लज र पार्क निर्माण भएमा पर्यटन मार्फत स्थानीयस्तरमा आर्थिक वृद्धि गर्न सकिने उहाँले बताउनुभयो ।

जिल्लाको पर्यटकीय स्थल झाँक्रीपानी जाने बाटोमा अवस्थित तालमा पुर्वाधार विकास र प्रचाप्रसार भएमा पर्यटन मार्फत स्थानीयलाई रोजगारीको सिर्जना गर्न सकिने ‘म्याग्दी भ्रमण बर्ष २०७५’को अभियान्ता म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष एवम् लायन्स क्लब अफ बेनी पिस सिटिका संस्थापक अध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँले पुरना ताल तलैयाहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी उद्योग वाणिज्य संघले प्रचार प्रचारमा सहयोग गर्ने उहाँको भनाई छ । ५४ कुरिया मगरहरुको ऐतिहासिक मौलिक संस्कृतिको उद्गम थलो,जिल्लाको पर्यटकीय स्थल झाँक्रीपानी लगायत प्रमुख आकर्षक पर्यटकीय स्थलहरु रहेको बरंजामा तालको संरक्षण गर्नसकेमा पर्यटन मार्फत स्थानीय थप रोजगारीको सिर्जना गर्न सकिने लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष लोकेश पुन मगरले बताउनुभयो ।