ताजा समाचार:
Search

दीपक कार्कीको अध्यक्षतामा रघुगंगामा नेकपाको कमिटी गठन

विकल्प न्यूज/बेनी
चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रघुगंगा गाउँपालिकामा एकता टुंगिएको छ । सोमबार बसेको कार्यकर्ता भेलाले अध्यक्षमा युवा नेता प्रेमबहादुर कार्की (दीपक) र सचिवमा हरि भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । कार्की तत्कालिन एमालेका जिल्ला सचिवालय सदस्य हुनुहुन्छ भने सचिव भण्डारी माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ ।

गण्डकी प्रदेशका सांसद तथा नेता विनोद केसीको अध्यक्षतामा भएको भेलामा जिल्ला संयन्त्र सदस्य तथा जिसस प्रमुख देवेन्द्र बहादुर केसी र नेता बालकृष्ण सुवेदीको उपस्थीतिमा सम्पन्न भेलाले ५१ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो ।

गाउँपालिकाको १ नम्बर वडा बेगको अध्यक्षमा नरशिंह पुन र सचिव बालकुमार गर्बुजा चयन हुनुभएको छ । २ नम्बर भगवतीमा झलक शर्मा अध्यक्ष र नरबहादुर भण्डारी सचिव,३ नम्बर वडा पिप्लेको वडा कमिटीको अध्यक्षमा मोहन कार्की र तारा शाही सचिवमा चयन हुनुभएको जिल्ला संयन्त्र सदस्य देबेन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।
यसै गरी ४ वडा दग्नाममा सुबिन शेरपु्न्जा अध्यक्ष र दबहादुर गर्बुजा सचिव, ५ नम्बर वडा झिँमा पदम शेरपुञ्जा अध्यक्ष र कृष्ण थजाली सचिवमा चयन हुनुभएको छ ।यता ६ नम्बर वडा पाखापानीको अध्यक्षमा खविर पाइजा अध्यक्ष र हिमाल गोतामे सचिवमा छनौट हुनुभएको छ । ७ नम्बर वडा चिमखोलको अध्यक्षमा ध्रव कुमार पाईजा र सचिवमा बेग बहादुर घर्तिमिरे र ८ नम्बर वडा कुइने मंगलेको अध्यक्षमा चन्द्रमान छन्त्याल र सचिवमा चित्रबहादुर विक चयन हुनुभएको गाउँपालिका कमिटी अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

भेलाले १० दिन भित्र वडा कमिटी सदस्यहरुको टुंगो लगाउने निर्णय भएको उहाँले बताउनुभयो । सांसद केसीको अध्यक्षता, सचिव भण्डारीको स्वागत र अध्यक्ष कार्कीको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।