ताजा समाचार:
Search

विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग

विकल्प न्युज
बेनी  चैत्र २४ गते । म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको कुखुराको चल्ला हस्तान्तरण गरिएको छ ।

सो सहयोग शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष थमसरा पुन मगर, आर्थिक अभियान्ता बुढा मगरले स्थानिय नर्जा खोला युवा क्लबका अध्यक्ष सविन घर्ति मगर र विपन्न सुकमाया विकलाईै हस्तान्तरण गरिएको हो ।
६ छोरी मात्र भएको भन्दै श्रीमानले कान्छी श्रीमती लिएर श्रीमान बेखबर भएपछि छ छोरी सहित विचल्लीमा पर्नुभएकी सुकमायालाई राहतका लागि स्थानिय युवा क्लब र लमसुङ माविका जागृत बाल क्लबले खाद्यन्न र आर्थिक सहयोग गरेको नर्जा खोला युवा क्लबका अध्यक्ष घर्ति मगरले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष पुन मगरले पिडित सुकमायाको परिवारलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन गाउँपालिकाले उन्नत जातको बाख्राको पाठी खरिद गरिदिने र शौचालय निर्माणमा आर्थिक सहयोग गर्ने बताउनुभयो । साथै ६ छोरीको पढाईका लागि पनि गाउँपालिकाले शैक्षिक सामाग्री लगायत अन्य कुराको व्यवस्थापनका लागि पहल गर्ने उद्घोष गर्नुभयो ।
सहयोग रकम हस्तान्तरण गर्नुहुँदै आर्थिक सहयोग संकलन अभियान्ता बुढा मगरले सामाजिक संजाल मार्फत विश्वास गरि सहयोग गरेको भन्दै सहयोगदाता प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।