खड्ग गिरीको अध्यक्षतामा अन्नपूर्णमा नेकपाको गाउँपालिका कमिटी गठन

विकल्प न्यूज/बेनी
चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्नपूर्ण गाउँपालिकामा एकता टुंगिएको छ । आइतवार गाउँपालिका केन्द्र पोखरेबगर बसेको कार्यकर्ता भेलाले अध्यक्षमा खड्ग गिरी र सचिवमा पूर्ण बहादुर पाईजालाई सर्वसम्मत रुपमा चयन गरेको हो । गिरी तत्कालिन एमालेका नेता हुनुहुन्छ ।

सचिव भने पूर्व माओवादी केन्द्रबाट चयन गरिएको छ । जिल्ला संयन्त्र सदस्य तथा नेताहरु हरिकृष्ण श्रेष्ठ र टेकबहादुर विकको उपस्थितीमा भएको भेलाले ४५ सदस्यीय गाउँपालिका कमिटी सहित सवै वडास्तरमा वडा कमिटी गठन गरेको हो ।

गाउँपालिकाको १ नम्बर वडा दोबामा अध्यक्ष कुलप्रसाद प्ुर्जा र सचिव डम्बर वहादुरल पुर्जा सहित १७ सदस्यीय, २ नम्बर भुरुङ तातोपानीको अध्यक्ष याम वहादुर फगामी र सचिव इन्द्र थापा सहित १७ सदस्यीय वडा कमिटी गठन गरिएको जिल्ला संयन्त्र सदस्य टेकबहादुर विकले जानकारी दिनुभयो ।

यसै गरी विकले दिएको जानकारी अनुसार ३ नम्बर वडा दानाको अध्यक्षमा रमेश पुर्जा, सचिव थमबहादुर पुर्जा सहित २३ सदस्यीय, ४ नम्बर वडा नारच्याङको अध्यक्षमा सिवानी सिंह ल्वागन सचिवमा रुमलाल पुन सहित २३ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

त्यस्तै ५ नम्बर वडा शिखको अध्यक्षमा उदिय प्रसाद पाइजा, सचिव तेजावहादुर पुर्जा सहित २५ सदस्यीय वडा कमिटी गठन भएको जिल्ला संयन्त्र सदस्य विकले जानकारी दिनुभयो ।

यता ६ नम्बर वडा घारको अध्यक्षमा भने भेलाले टुंगो लगाउन सकेन । अध्यक्षमा राजाराम बरुवाल र मेखबहादुर खड्काले दावी गरेकाले भेलाले टुंगो लगाउन नसकेको हो । उहाँहरुको वारेमा जिल्ला संयन्त्रको वैठकले टुंंगो लगाउने निर्णय भएको विकले जानकारी दिनुभयो । सचिवमा टिकवहादुर वरुवाल सहित २१ सदस्यीय वडा कमिटीको टुंगो लागेको छ ।

७ नम्बर वडा हिस्तानको अध्यक्षमा सुवेदार नन्दवहादुर गर्बुजा, सचिव मनवहादुर पुर्जा सहित २३ सदस्यीय र ८ नम्बर वडा राम्चेको अध्यक्षमा फासबहादुर गर्बुजा र सचिव सई बहादुर गर्बुजा सहित १७ सदस्य वडा कमिटी गठन गरिएको जिल्ला संयन्त्र सदस्य विकले जानकारी दिनुभयो ।

अन्नपूर्ण सहित म्याग्दीका बेनी नगरपालिका,मालिका,मंगला र धौलागिरी गाउँपालिामा नेकपाको एकताले पूर्णता पाएको छ । रघुंगगाको एकतालाई टुंगाउन सोमबार कार्यकर्ता भेला ढाकिएको जिल्ला संयन्त्र सदस्य तथा नेता श्रेष्ठले जानकारी दिनुभयो ।

नगर तथा गाउँपालिकाका भेलाबाट सर्वसम्मत रुपमा टुंगाएको कमिटीका अध्यक्ष तथा सचिवहरु प्रदेश कमिटीले अनमोदन गर्ने छ । भने वडा अध्यक्ष र सचिव सहितका सदस्यहरुको अनमोदन जिल्ला संयन्त्रले गर्ने विधि बनाइएको छ ।