विप्लव समूहका पुनद्धारा शिक्षक संगठनको अध्यक्ष परित्यागको घोषणा

विकल्प न्यूज/बेनी
चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समर्थित अखिल नेपाल शिक्षक संगठनका कार्यवहाक अध्यक्ष थम बहादुर पुनले सो पार्टीको सदस्य र शिक्षक संगठनको अध्यक्ष पद परित्याग गरेको घोषणा गर्नुभएको छ । मालिका गाउँपालिका ३ रुम निवसी पुन स्थानीय एक विद्यालयमा राहत शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।

हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनु भएका पुनले  आइतवार प्रेस विज्ञप्ती जारी गर्दै अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष र पार्टी सदस्यता परित्याग गरी सामन्य नागरिक भई पेशा व्यवसाय गरेर बस्ने जनाउनुभएको छ ।

सरकारले विप्लप समूहको गतिबिधिलाई प्रतिबन्ध लगाएपछि पेशागत र पारिवारिक कारण देखाउदै पुनले विज्ञप्ती मार्फत सो समुह परित्याग गरेको जनाउनुभएको हो ।

पुनले आगमी दिनमा नेपालको संविधान २०७२ लाई पूर्ण रुपमा आत्मसाथ गर्दै स्वतन्त्र नागरिकका हिसावले पेशा व्यवसाय गरेर वस्ने विज्ञप्तीमा जनाउनुभएको छ । प्रहरीले केही दिनअघि शिक्षक पुन, जनपरिषद् संयोजक जगत पुन र युवा संगठनका सदस्य रमेश पुनलाई नियन्त्रणमा लिएको थियो ।