नेकपा मंगलाको अध्यक्षमा प्रेमप्रसाद र सचिवमा यामबहादुर रोका चयन 

विकल्प न्यूज/बेनी
चैत २३ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को मंगला गाउँपालिकाको कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन हुनुभएको छ ।
शनिवार मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा भएको भेलबाट मंगला गाउँपालिका स्तरीय पार्टी कमिटी गठन गरेको हो ।

१ नम्बर वडा कुहुँको अध्यक्षमा एकजित रोका र सचिवमा शिव विक चयन हुनुभएको छ । यसै गरी २ नम्बर वडाको अध्यक्षमा कुलबहादुर पुन र सचिवमा चक्रलाल पाण्डे,३ नम्बर वडामा बरंजाको अध्यक्षमा मोहनलाल सापकोटा र सचिवमा कर्ण गिरीलाई भेलाले सर्वसम्मत रुपमा चयन गरेको जिल्ला संयन्त्र सदस्य टेकबहादुर विकले जानकारी दिनुभयो ।

यसै गरी ४ नम्बर वडा बरंजाको अध्यक्षमा कलाधर कडेल र सचिवमा उमेश बिक, वडा नम्बर ५ अर्मनको अध्यक्षमा चिरञ्जिवी आचार्य र सचिवमा मनप्रसाद कँडेल चयन हुनुभएको छ ।

नेकपाको जिल्ला संयन्त्र सदस्य टेकबहादुर बिक, देव घले, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, नेकपाका नेता चन्द्रबहादुर बुढा, गाउँपालिका उपाध्यक्ष सिर्जना केसी लगायत नेताहरुको उपस्थितीमा बैठक बसेको थियो । भेलामा पार्टीलाई गतिशिल बनाउनका लागि गाउँपालिका र वडा तहका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको थियो ।