बेनपामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा केसी चयन

विकल्प न्यूज/बेनी
चैत २१ गते ।   नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बेनी नगर कमिटीको अध्यक्षमा शेरबहादुर केसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कमिटीको सचिवमा पूर्व एमालेका तर्फबाट युवा नेता राजकुमार थापा चयन हुनुभएको छ । अध्यक्ष केसी पूर्व माओवादीका केन्द्रका नेता हुनुहुन्छ ।

नेकपाको विहिवार हाँडेभिर स्थित पार्टी कार्यालयमा भएको भेलाले केसीको नेतृत्वमा ५७ सदस्यीय नगर कमिटी गठनको प्रस्ताव गरेको हो संयन्त्र सदस्य बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

यसै गरी पाँच नम्बर वडा वाहेक अरु ९ वटै वडाको कमिटी पनि टुंगो लगाएको छ । सवै वडामा सर्वसम्मत रुपमा कमिटी गठन भएको संयन्त्र सदस्य सुवेदीले जानकारी दिनुभयो ।

१ नम्बर वडाको अध्यक्षमा पदम बहादुर रावल सचिव सेते किसान २ मा कृष्ण बहादुर कार्की अध्यक्ष सचिव डम्बर सापकोटा,३ मा खिम बहादुर पुन अध्यक्ष दिल बहादुर थापा सचिव,४ मा अर्ण बहादुर खड्का अध्यक्ष कृष्ण खड्का सचिव ६ मा गणेश बहादुर बानियाँ अध्यक्ष सचिवमा यादव सुवेदी,७ मा लक्ष्मण शर्मा अध्यक्ष सचिव कृण बानियाँ लाई प्रस्ताव गरेको सुवेदीले जानकारी दिनुभयो ।

यसै गरी ८ मा ठाकुरप्रसाद शर्मा अध्यक्ष खेम केसी सचिव ९ मा रुद्र रेग्मी अध्यक्ष झलक विक सचिव र १० मा कृष्ण मल्ल अध्यक्ष सचिवमा केश बहादुर सस्याल सचिवका लागि सर्वसम्मत रुपमा चयान भएको संयन्त्र सदस्य सु्वेदीले जानकारी दिनुभयो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच पार्टी एकता भएको लामो समय वितिसक्दा पनि स्थानीय तहमा पार्टी एकताले पूर्णता पाउन नसकिरहेको अवस्थामा पछिल्लो समय स्थानीय तहको एकतालाई चाँढो टुंगाउन नेकपा जुटेको हो ।

यस अघि पार्टीको जिल्ला संयन्त्रको बैठकले बेनी नगरपालिकामा पूर्व माओवादीले नेतृत्व गर्ने सहमति भएको थियो ।
केसी पूर्व माओवादीका पुराना नेता हुन्ुहुन्छ । उहाँ नेकपाको जिल्ला संयन्त्र सदस्य तथा जिल्ला समन्वय समितिको निर्वाचित सदस्य समेत हुनुहुन्छ ।

२०४८ साल देखि कम्युनिष्ट राजनीतिमा सक्रिय केसी पर्वतको जलजजला गाउँपालिका ७ का स्थायी वासिन्दा हुनुहून्छ । हाल केसी बेनी नगरपालिकाको ७ शान्तिटोल बसोबास गर्नुहुन्छ । इमान्दार र स्वच्छ छवीको पहिचान बनाउनुभएका केसी राजनीतिका साथै सामाजिक सेवा पनि क्रियाशिल हुनुहुन्छ ।

भने सचिव थापा विद्यार्थी राजनीतिबाट आउनुभएको हो । विभिन्न सामाजिक क्रियाकलापमा समेत संलग्न थापा यस अघि तत्कालिन नेकपा एमालेको जिल्ला सचिवालय सदस्य हुनुहून्थ्यो ।

म्याग्दीका स्थानीय तहमा बेनी नगरपालिका सहित धौलागिरी गाउँपालिका पूर्व माओवादी केन्द्र र अन्य पाँच गाउँपालिका पूर्व एमालेले नेतृत्व गर्ने यस अघि जिल्ला संयन्त्र बैठकले नै टुंगो लगाएको थियो ।