सहकारी दिवसका अवसरमा बक्तृत्वकला प्रतियोगिता

विकल्प न्यूज/बेनी
चैत २० गते ।  ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बेनी बचत तथा ऋण सहकारी संस्थाले नगरपालिका स्तरीय अन्तरमावि बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

प्रतियोगितामा माउन्ट आवाशीय मावि बेनीकी छात्रा रक्षा सुवेदी प्रथम,गलेश्वर आर्दश आ.माविकी छात्रा आरती सुवेदी द्धितिय र जामुनाखर्क माविकी छात्रा रश्मी शर्माले तृतिय स्थान हाँसिल गरेका छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष रमेश गिरी,सचिव लक्षमण शर्मा,कार्यक्रम संयोजक नेत्रबहादुर महत,सदस्य माधवप्रसाद रेग्मी लगायतका संस्थाका अन्य पदाधिकारीहरुले विजेता प्रथम, द्धितिय र तृतिय हुने छात्राहरुलाई क्रमश नगद पाँचहजार,तिनहजार र दुइहजार सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई सहभागिताको प्रमाणपत्र र नगद पाँचसय रुपियाँ प्रदान गरिएको सहकारीका सचिव लक्षमण शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अथिति शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले विद्यार्थीहरुको क्षमता वृद्धिका लागि कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

‘दिगो विकासको लक्ष्य प्राप्तकीका लागि सहकारी’ विषयक बक्तृत्वकला प्रतियोगितामा नगरपालिकाका निजी र सामुदायिक गरी १० विद्यालयहरुले सहभागिता जनाएका थिए ।

संस्थाका अध्यक्ष गिरीको अध्यक्षता,सचिव शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक महतले स्वागत तथा कार्यक्रमका वारेमा प्रकाश पार्नुभएको थियो ।