ताजा समाचार:
Search

चिमखोलामा बृहत एकीकृत घुम्ती शिविर हुँदै

बिकल्प न्युज
बेनी चैत्र १९ गते
म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा एकिकृत घुम्ती शिविर हुने भएको छ । महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा महिला ,बालबालिका तथा जेष्ठ नागरिक मनत्रालय अन्तर्गतको समाजकल्याण परिषदको सहयोग र गाउँपालिकाको व्यवस्थापनमा चैत्र २१ ,२२ र २३ गते शिविरको आयोजना हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

तीन दिन सम्म संचालन हुने एकिकृत घुम्ती शिविरमा स्वास्थ्य शिविर , जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण , गाउँपालिबाट जेष्ठ नागरिक परिचयपत्र , अपाङ्ग परिचयपत्र वितरण, पेन्सन पत्तामा देखीएका त्रृटि सच्याउन पहल गरिने ,पशु तथा कृषि लगायतका कार्यक्रम हुने मन्त्रालयका स्वकिय सचिवालय सदस्य गमबहादुर पुन मगरले जानकारी दिनुभयो ।

शिविरमा मेघा प्रजेक्टका डा लक्षमण ढकाल, क्षेत्रिय कृषि अनुसन्धान केन्द्र कास्की लुम्लका प्रमुख डा तुल बहादुर पुन मगरले दिगो कृषि तथा प्राङगारिक खेती सम्बन्धी प्रशिक्षण ,पशु पन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका निर्देशक डा मन बहादुर पुन मगर तथा मत्स्य अनुसन्धान केन्द्र बेगनास तालका प्रमुख अग्नी प्रसाद नेपालले मत्स्य पालन सम्बनधी जानकारी गराउने कार्यक्रम हुने बताइएको छ । साथै वडा नं २ राखु भगवतीमा २२ गते स्वास्थ्य शिविर हुनेछ । स्वास्थ्य शिविरमा महिला ,बालबालिका तथा जनरल बिशेषज्ञ टालीले स्वास्थ्य सेवा दिनेछन् ।

शिविरमा स्थानिय कृषकहरुलाई मेघा प्रोजेक्टले तीन सय केजी घाँसको बेर्ना तथा क्षेत्रिय कृषि अनुसन्धान केन्द्र कास्की लुम्लेबाट एक सय पचास केजी धान र मकैकोे बिउ बितरण गर्ने जनाइएको छ । शिविरबाट चिमखोला सहित गाउँपालिकाको वडा नं ८ ,४,२ र ६ का नागरिकले सेवा लिनेछन् ।