मालिका गाउँपालिका १ निस्कोटको ६० प्रतिशत योजना सम्पन्न

विकल्प न्युज
बेनी चैत्र १९ गते ।
जिल्लाको मालिका गाउँपालिका १ निस्कोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ६० प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिस र गाउँपालिकाबाट विनियोजन भएका ३२ मध्ये १८ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष टंकप्रसाद पुन मगरले बताउनुभयो ।

भौतिक पुर्वाधार,आर्थिक र शुशासन संस्थागत तर्फ गरि चालु आर्थिक बर्षमा गाउँपालिकाबाट १ करोड २० लाख रुपैयाँ बजेट विनियोेजन भएको अध्यक्ष पुन मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक बर्षमा विनियोजित ३२ वटा योजना मध्ये साठी प्रतिशत योजनाको काम सम्झौता गरि निर्माण सम्पन्न भएका छन् । योजना सम्पन्न हुनेमा पुर्वाधार विकास तर्फ,सडक, विद्यालय खेलमैदान, क्लब खेल मैदान खानेपानी पैदलमार्ग लगायत छन् । सामाजिक विकास तर्फ चौतारी संरक्षण ,खानेपानी मुल संरक्षण तथा मैदान व्यवस्थापन सम्पन्न भएका छन् । वडामा विनियोजन भएका योजनाहरु जेठ अगावै सक्ने लक्ष्य लिएको अध्यक्ष पुन मगरले बताउनुभयो ।