ताजा समाचार:
Search

रुइसे र लामो पुलमा उद्योग बाणिज्य संघको पर्यटन प्रबद्र्धन कार्यक्रम (फोटोफिचर)

विकल्प न्यूज/बेनी
चैत १० गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघले जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धन गर्ने अभियान थालेको छ । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल बनाउन संघले पर्यटकीय क्षेत्रहरुमा पुगेर प्रबद्र्धनात्मक कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो ।

यसै शिलशिलामा शनिबार रघुगंगगा गाउँपालिकाको २ भगवति स्थित नयाँ पर्यटकीय गन्तब्यका रुपमा विकास हुन लागेको रुइसे र १ बेगखोलमा रहेको नेपालकै लामो पुलमा पुगेर अन्तरक्रिया तथा छलफल गरेको छ ।संघका पदाधिकारी र पत्रकारहरु सहितको टोलीले रुइसे र लामो पुललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

हालै मात्र सरकारले एकसय १ पर्यटकीय गन्तव्यका रुपमा सूचिकृत भएको रुइसेमा आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य कुविर कुमार श्रेष्ठले पर्यटकीय संभावना भएको रुइसेमा पूर्वाधार विकासमा स्थानीय तहले लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहले पर्यटन प्रबद्र्धनलाई सहयोग पुग्ने गरी बजेट विनियोजन गर्नुपर्ने धाराणा व्यक्त गर्नुभयो ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले स्थानीय तह सँगको सहकार्यमा निजी क्षेत्रले पर्यटकीय क्षेत्रहरुमा लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उवास संघका अध्यक्ष कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालय सचिव दिलिप पुनले गर्नुभएको थियो । पछिल्लो समय रुइसेमा आन्तरिक पर्यटकहरुको आगमनमा वृद्धि भएको छ । यहाँबाट धौलागिरी,अन्नपूर्ण,निलगिरी,माछापुच्छ«े लगायतका हिमालहरुको दृश्यवलोकन गर्न सकिन्छ । साथै बसन्त ऋतुमा बनपाखाभरी फुल्ने गुराँसको अवलोकन गर्न सकिन्छ ।