जापानमा संयुक्त लगानी सम्मेलन,ठाडोखोला जलविद्युतमा १० करोडको प्रतिबद्धता

विकल्प न्यूज/जापान
चैत ६ गते ।  जापानमा रहेका नेपालीहरुले म्याग्दीमा निर्माण हुन लागेको ठाडोखोला जलविद्युत आयोजनामा संयुक्त लगानीका बारेमा छलफल तथा अन्तरक्रिया गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ र एनआरएन जापानको अगुवाईमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।

एनआरएनएका अध्यक्ष भबन भट्टको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम मा ठाडो खोला जलविद्युत परियोजनाको बिषयमा आफ्ना कुरा राख्न एन आर एन ए महासचिव डा बद्री केसि र युरोप क्षेत्रीय सयोजक शिव बरुवाल जापानमा पुग्नु भएको थियो ।

सयुक्त लगानीको बिषयमा जापनको टोकियो नागोया र ओशाका जस्ता प्रमुख शहरमा छलफलको आयोजना गरिएको युरोप क्षेत्रीय सयोजक शिव बरुवालले जानकारी दिनुभयो ।

१७ मार्च मा टोकियो सम्पन्न अन्तर्कृया कार्यक्रममा बोल्दै एनआरएनका अध्यक्ष भबन भट्ट ले समृद्ध नेपाल बनाउन सरकारले प्रवासमा रहेका नेपालीहरुलाई आह्वान गरेको समयमा हामी सबै गैर आवासीय नेपालीले जे जति सकिन्छ नेपालमा लगानी गर्नुपर्ने धाराणा व्यक्त गर्नुभयो । अध्यक्ष भट्टले विदेशमा आर्जन गरेको ज्ञान,सीप र पूँजीलाई आफ्नो जन्म देश नेपालको विकास र समृद्धका लागि खर्चिन अनुरोध गर्नुभयो ।

त्यस्तै कार्यक्रम मा आफ्नो भनाइ राख्दै सस्थाका महासचिव डा बद्री केसि ले एनआरएनएहरुले नेपाल मा ब्यक्तिगत रुपमा र सामुहिक रुपमा पनि धेरै परियोजना मा लगानी गरिएको र अहिले लगानीको लागि दुई वटा महत्त्वपूर्ण परियोजना मध्य गैर आवासिय नेपालीको ठुलो लगानी रहने म्युचुयल फन्ड को बिषयमा तयारी भै रहेको बताउनुभयो ।

उहाँले ठुलो खोला हाइड्रोपावर राम्रो परियोजना अत्यधिक मुनाफा आउन सक्ने परियोजना भएकोले यो परियोजना तत्काल सुरु गर्न लागिएको जानकारी गराउदै परियोजनाका वारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा एनआरएनका अध्यक्ष भट्ट ले १ करोडको लगानी प्रतिबद्वता गर्नु भएको थियो भने प्रबक्ता भुषण घिमिरे ,युबा सयोजक सुदन थापा ,एसिया प्यासेफिक सयोजक किरन थापा युरोप सयोजक शिव बरुवाल आइ सि सि सदस्य महेश श्रेष्ठ लगायत एन सि सि का पदाधिकारी हरुले गरि १० करोड भन्दा बढी को प्रतिबद्धता प्राप्त भएको थियो।

कार्यक्रम लगतै मोना जापान ले आइ सि सि महासचिव डा बद्री केसि र मोना आइ सि सि का सस्थापक महासचिव तथा एन आर एन आइ सि सि युरोप सयोजक शिव बरुवाल को स्वागातर्थ एक रात्री भोज तथा अन्तर्कृया कार्यक्रम को आयोजना गरि एन आर एन ए सयुक्त लगानी म्याग्दी ठाडो खोला मा नै किन भनी छलफल चलाएको थियो ।

कार्यक्रम मा पनि परियोजना को बृस्तित रिपोर्ट प्रस्तुत गर्दै सबै म्याग्देलि लाई लगानी को एक अबसर भएको ले सबै लाई लगानी गर्न आह्वान गर्नु भएको थियो ।

कार्यक्रम मा पनि मोना का एसिया प्यासिफिक सयोजक जापान का सफल ब्याबसायी ददिवल खडका १ करोड मोना जापानका अध्यक्ष उपाध्यक्ष महासचिव लगायत धेरै जना उपस्थित म्याग्देलि ले लगानीको प्रती प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । प्रवासी म्याग्देलीहरुको अगुवाईमा म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा २१.६ मेगावाट क्षमताको ठाडोखोला जलविद्युत आयोजना निर्माणको तयारीमा छ ।