सामाजिक समिक्षा

हरीप्रसाद पौडेल /विकल्प न्यूज
चैत ४ गते ।
जानेर वा नजानेर, चाहेर वा परिस्थतिको कारण जे भनेर वुझिएता पनि विगत २० वर्ष देखि कुनै न कुनै रुपमा समाजमा विचरण गरियो । लहडमा नै सहि लागेपछि त्यो आवश्यकता वन्ने र आवश्यकता समाधानको लागि पहलकदमी लिँदा कतै तत्कालिन अवस्थामा उपलब्धी मुलक वनेको देखिएता पनि दिर्घकालिन समाज रुपान्तरणमा असफल सिद्ध हुने तथा केही कर्महरु तत्काल उपलब्धी देखिन नसेको भान भएता पनि दिर्घकालिन महङ्खवका हुने गर्दछन् । हाम्रो सहभागिता पनि यि दुवै तहका कार्यक्रममा भएका होलान भन्ने अनुमान गर्न सकिन्छ ।

मानिसको जन्म अगाडि वास्तवमा उसको कुनैपनि पहिचान हुन्छ भने केवल भु्रणको रुपमा मात्र हुन्छ जव जन्म लिन्छ समाजले उसलाई त्यहाँको भौगोलिक अवस्था, सामाजिक मुल्य मान्यता, प्राकृतिक आदि पहिचान जवर्जस्ती थोपरिन्छ, हिमाल पहाड तराई, पूर्व पश्चिम, जात विशेष, वर्ग विशेष आदिले जन्म संगै छाप वनाइसकेको हुन्छ ।

वालपनको अवधि मा खास कुनै फरक सहजता असहजता अनुभुति नभएता पनि उमेरको वृद्धि संगै उसलाई जन्म संगै वनाइएका समाजिक सांस्कृतिक पहिचानको साथ उसले आर्जन गरेका पहिचान जोडिन थाल्दछन् तर आर्जित पहिचान लाई कतिपय अवस्थामा वनिवनाउ सामजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक पहिचानले दवाइरहेको समेत पाईन्छ वा ब्यक्ति पहिचान अर्जन गर्न लाईनै कतै वाधा पु¥याइरहेको समेत देखिन्छ । यि र यस्ता अवरोध पन्छ्याउदै सामाजिक जिवन विचरण गर्दा गर्दै एक ब्यक्ति उसको पछाडि रहेको घर परिवार समाजमा आफ्नो ब्यक्तिगत जिवन लाई समेत निरन्तर अगाडि वढाउनुपर्ने प्राकृतिक अवस्थामा समेत रहेको हुन्छ ।

सामाजिक प्राणिको रुपमा जन्म लिइसकेपछि एक मानिसले विभिन्न तह र अवस्थामा सामाजिक गतिविधिमा सहभागि वनेको हुन्छ, सामाजिक योगदान पु¥याएको हुन्छ र हुनुपर्छ, नेपालको सन्दर्भमा विशेष गरी ३ तहवाट यस्ता सामाजिक गतिविधि वा सामाजिक आर्थिक विकासमा मानिस सहभागि भएको पाइन्छ । पहिलो हो राजनीतिक संलग्नता, दोस्रो वैतनिक सेवा र तेस्रो हो नागरिक÷सामाजिक संगठनवाट सामाजिक सेवा ।

राजनीतिक संलग्नता लाई विश्व परिवेषमा सामाजिक गतिविधिको उच्च स्थानमा राखेर हेर्ने गरिएको छ र झण्डै एउटा मुलुकको नीतिगत पूर्ण सञ्चालन राजनीतिक दृष्टीकोणवाट नै हुन्छ । दोस्रो वैतनिक सेवा चाहे त्यो आर्थिक उपार्जन संग जोडिएको होस चाहे त्यो नागरिक सेवा र सरोकार संग जोडिएको होस नागरिकलाई राज्य प्रदत्त सेवाप्रवाह गर्ने र आर्थिक उपार्जनमा सहयोगी वनाउने सेवा हो वैतनिक सेवा ।

तेस्रो सेवा नागरिक सामाजिक सेवा उल्लेखित दुवै सेवालाई तत् सम्वन्धित भुगोल, वर्ग, सम्प्रदायका नागरिकहरु सम्म सहज पु¥याउने, राज्य प्रदत्त सेवा सुविधाहरुको वकालत गर्ने सग्रमा भन्नुपर्दा आम नागरिकले पाउनुपर्ने सेवा सुविधाको पहुँच वृद्धि गराउने, सर्वस्विकार्यताको सुनिश्चतता गराउने तथा नागरिकले पाउनुपर्ने सेवा सुविधाको सुनिश्चितता गराउने सेवा सामाजिक सेवा हो तर यो सेवा आज पर्यन्त सर्वस्वीकार्य वन्न सकिरहेको छैन् ।

एकजना सरकारी सेवामा प्रवेश गर्ने ब्यक्ति वा कुनैपनि वैतनिक सेवामा प्रवेश गर्ने ब्यक्ति को सेवा प्रवेश को समयमा उसको पहिलो प्राथमिकता अर्थाेपार्जन नै हो भने दोस्रो प्राथमिकता उसले अर्थापार्जनको लागि तोकिएको सेवा प्रवाह ।

समयको क्रममा उसको आवश्यकता विस्तारै पहिलो दोस्रोमा र दोस्रो पहिलो प्राथमिकतामा वदलिन सक्छ तर सामाजिक सेवामा लाग्ने मान्छेको प्राथमिकता सामाजिक सेवा प्रवाह नै हो यसमा कुनै स्पष्टीकरण आवश्यक छैन तर वैतनिक सेवा प्रवाह गर्ने ब्यक्तिको सोंच यसमा पनि विल्कुल उल्टो पाइन्छ सेवा प्रवेश गर्ने अवसर नपाएर वा नसकेर सामाजिक सेवा प्रवाहमा लागेको हो भन्ने गलत वुझाई वैतनिक सेवा प्रदायकहरु चाहे जुनसुकै क्षेत्रको किन नहोस देखिन्छ । नेपालमा हाल अभ्यासमा रहेको राजनीतिक गलत संस्कारले समेत यस अवस्था लाई पक्षपोषण गरिरहेको तितो यथार्थ हामि सामु रहेको छ ।

विभिन्न परिस्थितीहरुले हामी संलग्न रहेको क्षेत्र के गलत हो त ? भनेर एकपटक आत्म समिक्षा गर्नुपर्ने अवस्थामा पु¥याएको छ । हामी जुन वाटोमा हिड्यौ के त्यो गलत नै हो त ?, समाजलाई हामीले देखाएको वाटो गलत हो या हाम्रो आफ्नो जिविकाको लागि मात्रै यो सवै गरिएकै हो त ? आफ्नो जिवनको उर्जाशिल समय जुन क्षेत्रमा खर्च गरियो त्यसवाट हामीले पाउने उपहार के तिरस्कार नै हो त ?

यो दुई दशकको सामाजिक लगानी लाई एकपटक आफैले समिक्षा गर्नुपर्ने अवस्थाको सृजना हुनु समाजलाई समेत घातक वन्न सक्छ, सामाजिक अभियनमा जति पनि ब्यक्ति संलग्न छन्् उनिहरु अफुले आफैलाई सम्हाल्न नसकिने परिस्थीति वन्ने र भोलिका दिनमा नो मनि नो सर्भिस मात्र रहने हो भने जुन गतिमा देशको सामाजिक आर्थिक विकास अगाडि वढेको छ त्यो रोकिने छ ।

एकजना सामाजिक अभियानमा आफ्ना उर्जाशिल समय खर्च गरेको ब्यक्तिले उसको वाँकी जिवनयापनमा देखिएका असहजता ब्यवस्थापन गर्ने दायित्व राज्यको हुने कि नहुने यो गम्भिर प्रश्न हो ।

वर्तमान परिस्थीतिमा राजनीतिको मुलधारमा नरहेको तथा वैतनिक सेवामा नरहेको तर सामाजिक रुपमा सकृय हुनुपर्ने एक ब्यक्ति सडकमा विछिप्त डुल्नुपर्ने अवस्था देखा परेको छ यहि अवस्था केहि समय लम्विने हो भने वर्तमान राज्य ब्यवस्थाप्रति नै प्रश्न चिन्ह खडा हुनसक्ने तर्फ राज्य सचेत हुन आवश्यक देखिन्छ । लेखक गैसस म्याग्दीका अध्यक्ष हुनुहुन्छ